पोखरा । साझा पार्टीले कास्की जिल्ला संयोजक र पोखरा महानगर संयोजक घोषणा गर्ने भएको छ । भदौ २८ गते शनिबार जिल्ला र महानगर संयोजक घोषणा कार्यक्रमको आयोजनागरिएको साझा पार्टी गण्डकीले जनाएको छ ।
जिल्ला र महानगर संयोजक घोषणाका लागि पार्टी संयोजक रवीन्द्र मिश्रसहित केन्द्रीय स्तरका नेताहरु पोखरा आउने भएका छन् । पार्टीको केन्द्रीय सदस्यको रुपमा भर्खरै मात्र आबद्ध भएकी मिस नेपालअर्थ २०१८ प्रिया सिग्देल पनि कार्यक्रममा विशेष वक्ताको रुपमा आउँदै छिन् । यस्तो खालको औपचारिक कार्यक्रममा मिस नेपाल अर्थ सिग्देललाई पार्टीले पहिलो पटक पोखरामा सहभागी गराउँदैछ ।
‘संगठन विस्तार अभियान अन्तरगत हामी अहिले जिल्ला स्तरिय संयोजक घोषणा अभियानमा छौँ । यस्तै पोखरामा महानगर संयोजक पनि घोषणा गर्दैछौँ । नजिकी रहेको कास्की निर्वाचन क्षेत्र नम्बर २ को उप-निर्वाचनका लागि पनि जिल्ला र महानगर संयोजक घोषणाले अर्थ राख्छ ।’ साझा पार्टी गण्डकीका संयोजक महेश भण्डारीले भने ।
गण्डकी प्रदेश अन्तर्गत साझा पार्टीले हालसम्म नवलपुर जिल्ला संयोजक घोषणा गरिसकेको छ । त्यस्तै सोही जिल्लाको देवचुली नगरपालिकाको संयोजक पनि घोषणा गरिसकेको छ । कास्कीको जिल्ला र महानगर संयोजक घोषणासँगै पार्टीले असोज ३ गते गोरखा जिल्ला संयोजक घोषणा गर्ने कार्यक्रम तय भएको छ ।
गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्ला र स्थानिय निकायहरुमा चाँडै नै संगठन विस्तार गर्ने गरि तयारी भएको संयोजक महेश भण्डारीले बताए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
ब्रिजकोर्स र तयारी कक्षा रोक्ने शिक्षामन्त्रीको निर्णय २४ घण्टा पनि टिकेन
एमाले सांसदले प्रधानमन्त्रीसँग भने- केपी ओली रिहा गर्नुपर्यो, स्वकीय सचिव खै ?
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप