काठमाडौं : यही नोभेम्बर १४ बाट बंगलादेशमा हुने इमर्जिङ टिम एसिया कपमा नेपालले सहभागिता जनाउने भएको छ । यूएइले प्रतियोगिता नखेल्ने भएपछि नेपालले खेल्ने मौका पाएको हो । ८ टोली सहभागी हुने प्रतियोगिताको समूह ए मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान छन् । नेपाल रहेको समूह बी मा नेपाल, भारत, बंगलादेश र हङकङ छन्।
एसियन क्रिकेट परिषद्(एसीसी)ले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल १४ नोभेम्बरमा भारतसँग खेल्नेछ । दोस्रो खेल १६ नोभेम्बरमा हङकङविरुद्ध र १८ नोभेम्बरमा बंगलादेशको सामना गर्नेछ ।
यो एसियन क्रिकेट परिषद्(एसीसी)ले आयोजना गर्ने एक प्रतियोगिता हो । एसियाका टेस्ट मान्यता प्राप्त ५ राष्ट्रका यू–२३ टोली र पछिल्लो एसिया कप छनोट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा शीर्ष तीन राष्ट्रका राष्ट्रिय टोली प्रतियोगितामा सहभागी हुनेछन् ।
यो इमर्जिङ टिम एसिया कपको यो चौथो संस्करण हो । यसअघि नेपाल २०१३ को पहिलो र २०१७ मा भएको दोस्रो संस्करणमा पनि भाग लिएको थियो । २०१७ मा बंगलादेशमा भएको प्रतियोगिता अन्तर्गत समूह चरणका खेलमा पाकिस्तान र बंगलादेशसँग पराजित भएको नेपालले हङकङलाई हराएको थियो । त्यतिबेला पनि नेपाली टोलीको नेतृत्व तत्कालीन उपकप्तान रहेका ज्ञानेन्द्र मल्लले गरेका थिए ।
२०१८ को डिसेम्बरमा भएको तेस्रो संस्करणमा नेपालले भाग लिन पाएको थिएन । २०१८ मा मलेसियामा भएको ६ राष्ट्र सम्मिलित एसिया कप छनोट प्रतियोगितामा नेपाल चौथो भएको थियो । समूह चरणको खेलमा हङकङ पहिलो,यूएई दोस्रो र ओमान तेस्रो भएको थियो । दोस्रो भएको यूएईले नखेल्दा नेपालले यस पटक मौका पाएको हो ।
सम्बन्धित खबर
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग