अमेरिकामा नेपालीले ह्वाइट हाउस अगाडि भारतविरुद्ध प्रदर्शन गर्ने

अमेरिकामा नेपालीले ह्वाइट हाउस अगाडि भारतविरुद्ध प्रदर्शन गर्ने

Nepalies-protest-in-white-house-9_9JHJtBGDhH

अमेरिकामा रहेका नेपाली संघ/संस्था र नेपाली समुदायले ह्वाइट हाउस अगाडि भारतले गरेको भूमि अतिक्रमण विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् । नेपालमा भारतको चौतर्फी व्यापक विरोध भैरहेको अवस्थामा अमेरिकी राष्ट्रपति भवन अगाडि रहेको लाफेएट उद्यान (पार्क )मा जम्मा भै डिसेम्बर १४ शनिबारका दिन विरोध प्रदर्शन गर्ने तयारी भएकाे हाे ।

अमेरिकामा लामो समयदेखि बस्दै विभिन्न संघ/संस्थामा विभिन्न ओहदामा नेतृत्व लिई सकेका नेपालीहरुले गत नोभेम्बर २० र नोभेम्बर २३ मा आयोजना गरेको दुर संचार प्रणाली( टेली कन्फेरेन्स कल ) को माध्यमद्वारा भारत विरुद्ध ऐतिहासिक कार्यक्रम गर्ने योजना बनाएका हुन् ।

सन् २०१५ मा भारतले अघोषित आर्थिक नाकाबन्दी गर्दा पनि अमेरिकामा बस्ने नेपालीहरुले भारत विरुद्ध विरोध प्रदर्शन गरेका थिए। उक्त दिन बिहान १० बजे प्रदर्शन गर्ने समय निर्धारण गरिएको छ भने संयुक्त नेपाली मोर्चा जस्लाई ‘नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू’नामक नेपालीहरुको समूहले नेतृत्व गर्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ