पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी चयन भएका छन् । पोखरामा भएको सातौँ केन्द्रिय महाधिवेशनमा उनले बिष्णु खत्रीलाई ३९ मतले पछि पारेका हुन् । विजिले ५ सय ८४ मत ल्याएका थिए भने खत्रीले ५ सय ४५ मत प्राप्त गरे । यस्तै कोषाध्यक्षमा राजु ढकाल विजयी भएका छन् । उनले तारापती सुवेदीलाई हराएका हुन् । ढकालले ७ सय ३७ मत प्राप्त गरे भने सुवेदीले ३ सय ७२ मत ल्याएका छन् ।
केही पदको लागि भने कलाकारहरु निर्विरोध चयन भएका थिए । वरिष्ठ उपाध्यक्षको लागि गायिका रीता थापामगर निर्विरोध चुनिएकी छिन् । त्यस्तै, प्रथम उपाध्यक्षमा गायक पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन् । द्धितिय उपाध्यक्षमा रामजी खाँड चुनिएका छन्। महिला उपाध्यक्षको कोटामा गायिका राधिका हमाल निर्विरोध भएकी छन् ।
महासचिव, उप महासचिव र सांगठनिक सचिव पदमा पनि कलाकारहरु निर्विरोध चुनिएका छन् । सुवास केसी प्रतिष्ठानको नयाँ सचिव बनेका छन् भने शंकर वीसी र शिव हमाल उप–सचिव निर्वाचित भएका छन् । सांगठनिक सचिव तर्फ खुमन अधिकारी निर्विरोध भए । महिला सचिवको पदमा जमुना राना मगर निर्विरोध निर्वाचित भएकी छिन् ।
उम्मेदवारहरू मध्ये नै सबैभन्दा बढी भाेटले देवी घर्तीले सबैलाई पछाडि पारेकी छन् । देवीले ११ सय ३७ मतमा एक हजार १४ मत प्राप्त गरिन्। गत महाधिवेशनमा महिला सदस्य उठेकी देवीले १७ सयमा १४ सय ५५ मत ल्याई सबै भन्दा बढी भाेटले जितेकी थिइन् । १३ सय ४८ जना कूल मतदाता रहेकोमा ११ सय ३७ मत खसेको थियो ।





सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु