पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी चयन भएका छन् । पोखरामा भएको सातौँ केन्द्रिय महाधिवेशनमा उनले बिष्णु खत्रीलाई ३९ मतले पछि पारेका हुन् । विजिले ५ सय ८४ मत ल्याएका थिए भने खत्रीले ५ सय ४५ मत प्राप्त गरे । यस्तै कोषाध्यक्षमा राजु ढकाल विजयी भएका छन् । उनले तारापती सुवेदीलाई हराएका हुन् । ढकालले ७ सय ३७ मत प्राप्त गरे भने सुवेदीले ३ सय ७२ मत ल्याएका छन् ।
केही पदको लागि भने कलाकारहरु निर्विरोध चयन भएका थिए । वरिष्ठ उपाध्यक्षको लागि गायिका रीता थापामगर निर्विरोध चुनिएकी छिन् । त्यस्तै, प्रथम उपाध्यक्षमा गायक पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन् । द्धितिय उपाध्यक्षमा रामजी खाँड चुनिएका छन्। महिला उपाध्यक्षको कोटामा गायिका राधिका हमाल निर्विरोध भएकी छन् ।
महासचिव, उप महासचिव र सांगठनिक सचिव पदमा पनि कलाकारहरु निर्विरोध चुनिएका छन् । सुवास केसी प्रतिष्ठानको नयाँ सचिव बनेका छन् भने शंकर वीसी र शिव हमाल उप–सचिव निर्वाचित भएका छन् । सांगठनिक सचिव तर्फ खुमन अधिकारी निर्विरोध भए । महिला सचिवको पदमा जमुना राना मगर निर्विरोध निर्वाचित भएकी छिन् ।
उम्मेदवारहरू मध्ये नै सबैभन्दा बढी भाेटले देवी घर्तीले सबैलाई पछाडि पारेकी छन् । देवीले ११ सय ३७ मतमा एक हजार १४ मत प्राप्त गरिन्। गत महाधिवेशनमा महिला सदस्य उठेकी देवीले १७ सयमा १४ सय ५५ मत ल्याई सबै भन्दा बढी भाेटले जितेकी थिइन् । १३ सय ४८ जना कूल मतदाता रहेकोमा ११ सय ३७ मत खसेको थियो ।





सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन