एजेन्सी । अमेरिकी धनाढ्य व्यक्ति बिल गेट्सले आफ्नी छोरी जेनिफर गेट्सको ‘इंगेजमेन्ट’ घोषणा गरेका छन्।माइक्रोसफ्टका संस्थापक गेट्सकी जेठी सन्तान जेनिफरफो इंगेजमेन्ट इजिप्टका घोडसवार खेलाडी नायल नासारसँग हुने भएको सिएनएनले जनाएको छ।
जेनिफरले आफ्नो इन्स्टाग्राममा तस्बिर राख्दै यसबारे जानकारी दिएकी हुन्। नायल नासारले उनलाई प्रस्ताव राखेको पनि उनले बताएकी छन्। जेनिफरका अनुसार नायलले आगामी ओलम्पिक्समा इजिप्टलाई ‘क्वालिफाइ’ हुन मद्दत गरेका थिए। योसँगै इजिप्ट ओलम्पिकको ६० वर्षमा पहिलोपटक सहभागी हुँदैछ।
जेनिफरले नायालसँगको फोटो राख्दै मायालु सन्देश पनि लेखेकी छन्- ‘बाँकी जीन्दगी तिमीसँगै हाँस्दै, सिक्दै, हुर्किँदै र एकअर्कालाई माया गर्दै बिताउन व्यग्र छु’।नायल र जेनिफर दुवैले स्ट्यान्फोर्ड विश्वविद्यालय पढेका हुन्। दुवैलाई घोडचढी खेलमा रूचि छ।
गत वर्ष एक अन्तर्वार्तामा जेनिफरले भनेकी थिइन्- घोडाहरू हाम्रो जीवनको एक पाटो हुन्। अनि खेलमा हाम्रो अगाध रूचि छ। नायल व्यवसायिक छ। म त सोखका लागि मात्र गर्छु।’
नायलले पनि जेनिफरले झैं इन्स्टाग्राममा फोटा राख्दै ‘उनले मानिन्’ लेखेका छन्। ‘म संसारकै भाग्यमानी र खुसी मान्छे हुँ,’ उनले जेनिफर र आफ्नो फोटोमा लेखेका छन्, ‘जेन, मैले कल्पना गरेभन्दा धेरै बढी तिमी छौं। तिमीसँग जीवन बिताउने क्षणका लागि म आतुर छु। तिमी बिनाको जीवन म कल्पना पनि गर्न सक्दिनँ। मेरा हरेक दिन सपना जस्तै सुन्दर बनाएकामा धन्यवाद।’
जेनिफरका आमाबुवा मेलिन्डा र बिल गेट्सले पनि इन्स्टाग्राममा आफ्ना खुसी बाँडेका छन्।

Pic. Fox News
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन