‘अमेरिकन आइडल’ मा नेपालका दिवेसको धमाकेदार प्रस्तुति (भिडियो सहित)

‘अमेरिकन आइडल’ मा नेपालका दिवेसको धमाकेदार प्रस्तुति (भिडियो सहित)

diwes

नेपालकै विभिन्न रियालिटी शोहरु जारी छन् । नेपाल भन्दा बाहिर भारतका विभिन्न रियालिटी शोमा पनि नेपालीहरुको सहभागिता रहने गरेको छ । तर यतिबेला ‘अमेरिकन आइडल’मा छनोट भएका नेपालका २० वर्षिय दिवेस पोखरेल निकै चर्चामा रहेका छन् । गायन प्रतियोगिता कार्यक्रम ‘अमेरिकन आइडल’ संसारभर चर्चित छ। उत्कृष्ट स्वर र गायन शैली भएका व्यक्ति छानिने यस कार्यक्रममा विभिन्न देशबाट थुप्रै प्रतिभाशाली गायकको उपस्थिति हुन्छ।

https://youtu.be/A73ELaEsQpM

‘एवीसी’बाट प्रशारण हुने चर्चित रियालिटी शोको पहिलो एपिसोडबाट नै दिवेस छनोट भएका हुन् । अडिसनको भिडियो बाहिरिएसंगै उनको चर्चा देश बिदेशमा भैरहेको छ । नेपाली भएकै कारण मात्र चर्चामा नभएर दिवेश भित्रको प्रतिभाले उनलाई चर्चामा ल्याएको हो । ‘आर्थर गन’ को नामबाट पनि चिनिने उनले बब दिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’गीत प्रस्तुत गरेका थिए जुन जजहरुले निकै रुचाएका थिए । जजहरुले भनेपछि उनले अर्को गीत ‘सम टोल्ड मि लङ अगो’ पनि सुनाएका थिए ।

६ वर्ष अघि अमेरिका पुगेका दिवेसको स्थिटोरीमा नेपालको चर्एचा गरिनुका साथै नेपालका केहि दृश्यहरु समेत देखईएको थियो ।अडिसनमा तीनै जजको मन जितेका दिवेश आगामी चरणका लागि चुनिए । दिवेशले दोस्रो चरणको अडिसन पार गरेका हुन्।

दिवेशले आफूलाई थप चिनाउने क्रममा आफू उच्च शिक्षा अध्ययनका लागि अमेरिका आएको बताए। हाल विचिटा, कान्सास बस्ने र विशेषगरी यहीँ आएपछि संगीतमा बढी लागेको उनले बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds