एक्लै हुँदा, गाइबाख्रा चराउँदा
झल्को आउला, हवाईजहाज कराउँदा
पोखराका रचित पौडेलले औपचारिक रुपमा पहिलो लोकदोहोरी गीतको भिडियो सार्वजनिक गरेका छन् । यससँगै उनले नवगायकका रुपमा आफूलाई स्थापित गरेका छन् । यसअघि रचितले अडियो गीत ‘छल गर्यो छायाँले’ सार्वजनिक गरेका थिए । रचितले ‘हवाईजहाज कराउँदा’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक गरेका हुन् । उनलाई चर्चित गायिका शर्मिला गुरुङको साथ मिलेको छ । ज्योति लोहनी र रमेश परियारले पृष्ठभूमिबाट स्वर मिसाएका छन् । परदेशिएका मायालुबीचको कथा रहेको यस गीतका शब्द रचित आफैले कोरेका हुन् । लय रमेश परियारको रहेको छ । गीतको एरेञ्ज तारानाथ आचार्यले गरेका हुन् । डिजिटल स्टार पोखरामै गीत रेकर्ड भएको हो ।
भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्
रक्षा म्युजिकबाट सार्वजनिक भिडियोको निर्देशन गुरुआमा फिल्मसकी स्मृति तिमिलसिनाले गरेकी हुन् । भिडियोमा चर्चित मोडल जीवन खड्का र एलिना ठकुरी देखिएका छन् । सुरेश श्रेष्ठले खिचेको भिडियोलाई प्रकाश धमालले काँटछाँट र फुलबुट्टा भरेका हुन् ।
सांगीतिक जिवनको पहिलो प्रयास भएकाले आफू निकै उत्साहित भएको नवगायक रचितले बताएका छन् । किशोर उमेरका उनले आफूमा निखारता ल्याउँदै अघि बढ्ने प्रतिबद्धता जनाउँदै दर्शक श्रोताको माया पाउने विश्वास समेत लिएका छन् ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन