धेरै चाप भएका कारागारहरूमा नयाँ कोरोनाभाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४,००० भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ। इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले संवाददाताहरूलाई परीक्षणबाट कोभिड-१९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताए।
विश्वभरि अहिले ९०,००० जनाभन्दा बढीमा कोभिड-१९ भएको पुष्टि भइसकेको छ।गत डिसेम्बरको अन्त्यतिरबाट सुरु भएको उक्त सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३,१०० नाघेको छ। इरानमा दुई साताभन्दा कम समयमा कम्तिमा ७७ जनाको ज्यान गइसकेको छ।
इरानी अधिकारीहरूले मङ्गलवार लगातार दोस्रो दिन सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५० प्रतिशतभन्दा बढी भएको बताएका छन्। पुष्टि भएको सङ्ख्या २,३३६ भए पनि वास्तविक सङ्ख्या धेरै भएको अनुमान छ। अफगानिस्तान, क्यानडा, लेबनन, पाकिस्तान, कुवेत, बाहरेन, इराक, ओमन, कतार र संयुक्त अरब इमिरेट्समा पनि इरानसँग जोडिएका व्यक्तिहरूमा सङ्क्रमण पाइएको छ।
बीबीसीका अनुसार इरानका कैयौँ वरिष्ठ अधिकारीहरूमा पनि सङ्क्रमण देखिएको छ।त्यहाँको आकस्मिक स्वास्थ्य सेवाका प्रमुख पिरहुसेनी कोलिभान्डमा पनि सङ्क्रमण भएको पुष्टि भएको छ। दुई सय ९० सांसदमध्ये २३ जनामा पनि सङ्क्रमण देखिएको छ।सोमवार त्यहाँका सर्वोच्च नेता आयातोल्लाह खामेनेईका एक सल्लाहकारको पनि कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’