मनाङलाई आहा ! रारा गोल्डकपको छैटौं उपाधि, पुलिसका अजित भण्डारी सर्वोत्कृष्ट बन्दै स्कुटर पाए

मनाङलाई आहा ! रारा गोल्डकपको छैटौं उपाधि, पुलिसका अजित भण्डारी सर्वोत्कृष्ट बन्दै स्कुटर पाए

MMC

पोखरा । मनाङ मर्स्याङ्दी क्लबले १८ औं संकरणको आहा १ रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि जितेको हो । यससँगै मनाङले छैटौं पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । र, मनाङले पुलिससँग सर्वाधिक धेरै पटक उपाधि जित्ने कीर्तिमानमा बराबरी गरेको छ । पुलिसले क्याराभानसहित ६ पटक उपाधि जितेको हो । जुन सहारा क्लब पोखराले आयोजना गरेको पहिलो प्रतियोगिता हो ।

उपाधिसँगै मनाङले १० लाख १ हजार प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले ५ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा समेत गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा गएको हो ।

टाइब्रेकरमा मनाङ सफल भयो । टाइब्रेकरमा मनाङका अञ्जन बिष्ट, पुजन उपरकोटी, सुरज बिक र रञ्जन बिष्टले गोल गरे । मनाङका निशान लिम्बुको प्रहार पुलिसका किपर रोशन खड्काले बचाए । पुलिसका भोला सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले मात्र गोल गरे । पुलिसका तेज तामाङ र अजित भण्डारी को प्रहार मनाङका किपर अशोक बरालले बचाए । पहिलो हाफमा पुलिसको तुलनामा मनाङले अवसर पाएको थियो । दोस्रो हाफमा दुवै टोलीले उत्तिकै अवसर खेल फाल्यो ।

पेनाल्टीमा चुकेका अजित सर्वोत्कृष्ट

१८ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अधिकांश व्यक्तिगत अवार्ड च्याम्पियन टोली मनाङ मस्र्याङ्दी क्लबकै खेलाडीको हातमा पुगेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट र उच्च गोलकर्ता बाहेकका सबै व्यक्तिगत अवार्ड मनाङले जितेको हो ।

उपविजेता नेपाल पुलिस क्लबका अजित भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले अप्रिलाको स्कुटर जितेका छन् । फाइनलको टाइब्रेरकमा भने अजित गोल गर्न असफल हुँदा टीम उपविजेतामै सीमित बन्यो । उनको प्रहारलाई मनाङका गोलकिपर अशोक बरालले रोकेका थिए ।

प्रतियोगितामा मनाङ अशोक बराल उत्कृष्ट गोलकिपर, सुरज विक उत्कृष्ट रक्षक, नितिन थापा उत्कृष्ट मिडफिल्ड, अन्जन विष्ट उत्कृष्ट फरवार्ड र फुजा टोपे उत्कृष्ट प्रशिक्षक चुनिएका छन् । समान २ गोल गर्ने पुलिसका भरत शाह र निरकुमार राई, मनाङका अन्जन, रुस्लान थ्री स्टार क्लबका सुशन श्रेष्ठ र आयोजक सहारा क्लबका त्रिदेव गुरुङ उच्च गोलकर्ता बने ।

सर्वोत्कृष्ट खेलाडी:

अजित भण्डारी (पुलिस)

उत्कृष्ट गोलकिपर:

अशोक बराल (मनाङ)

उत्कृष्ट डिफेन्डर:

सुजर विक (मनाङ)

उत्कृष्ट मिडफिल्डर:

नितिन थापा (मनाङ)

उत्कृष्ट फरवार्ड:

अन्जन विष्ट (मनाङ)

उत्कृष्ट प्रशिक्षक:

फुजा टोपे (मनाङ)

उच्च गोलकर्ता (२ गोल):

भरत शाह (पुलिस), अन्जन विष्ट( मनाङ), निरकुमा राई (पुलिस), सुशन श्रेष्ठ (थ्री स्टार), त्रिदेव गुरुङ (सहारा)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ