एजेन्सी । एक बेलायती व्यापारी अहिले कोरोना भाइरसको संक्रमणपछि निकै तनावमा छन् । भाइरसको संक्रमणभन्दा पनि यस्तो परिस्थिति निम्तनुको वास्तविकता श्रीमतीले चाल पाउलिन् कि भनेर उनलाई ज्यादा त्रसित छन् ।
४० वर्ष पुग्न लागेका यी व्यापारी आफ्नी श्रीमतीलाई बेलायतभित्रै व्यापारिक भ्रमणका लागि जाने भनेर घरबाट निस्किएका थिए, तर उनी इटलीमा आफ्नी गर्लफ्रेन्डसँग डेटिङमा गए ।
श्रीमतीलाई सजिलै झुक्याउन त उनी सफल भए, तर इटलीमा फैलिएको कोरोना भाइरसको महामारीलाई ख्याल गरेनन् । घर फर्किएलगत्तै कोभिड–१९ को लक्षण देखिन थाल्यो र अन्ततः परीक्षणपछि उनी संक्रमित भएको पुष्टि भयो ।
उनले आफ्नी श्रीमतीलाई बेलायतमै संक्रमित हुन पुगेको बताएका थिए, तर अब आफ्नो प्रेम–प्रसङ्ग सार्वजनिक हुने डरले चिन्तित छन् । ‘यी बिरामीबारे अहिले स्वाथ्यकर्मीबीच निकै चर्चा हुनेगर्छ,’ अस्पताल स्रोतलाई उद्धृत गर्दै द सनले लेखेको छ, ‘यदी अवस्था गम्भीर थिएन भने उनको केस एउटा मजाक हुने थियो ।
यी व्यक्तिले आफ्नी श्रीमतीलाई झुक्याएर कसरी इटली गएँ भनेर चिकित्सकलाई सबै बताइसकेका छन् । त्यसैले उनले अझै सोचिरहेकी छिन् कि यो रोग व्यापारीक भ्रमणकै क्रममा सरेको हो ।’ यी व्यक्तिले इटली घुमेको स्विकारेपनि घटना सार्वजनिक हुने डरले प्रेमिकाको नाम चिकित्सकलाई बताएका छैनन् ।
अहिलेसम्म चिकित्सकबाहेक उनकी श्रीमतीलाई मात्रै श्रीमान् संक्रमित छन् भन्ने थाहा छ । उनी उत्तरी इङ्ल्यान्डस्थित आफ्नो आलिसन बंगलामा ‘सेल्फ आइशोलेसन’मा छिन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’