काठमाडौं । बेलायतमा कोरोना भाइरसका कारण २१ वर्षीया युवतीको मृत्यु भएको छ । यी युवतीमा अन्य कुनै स्वास्थ्य समस्या वा रोग नरहेको उनको परिवारले जनाएको छ ।
क्लोय मिडिलटनको मृत्युबाट अन्य व्यक्तिले सिक्नुपर्ने उनकी आमा डायना मिडिल्टनले बताएकी छिन् । ‘जसले कोभीड–१९ लाई केवल भाइरसमात्रै सोच्नुभएको छ, तपाईहरुले पुनर्विचार गर्न जरुरी छ,’ उनले फेसबुकमा लेखेकी छिन्, ‘आफ्नै अनुभवलाई लिएर भन्छु, यो भाइरसले मेरी स्वस्थ र कुनै रोगको लक्षण नरहेकी २१ वर्षीया छोरीलाई लिएर गएको छ ।’
बकिङह्याम्सायर स्थित हाई वाइकम्बेको यो परिवारले महामारी रोकथामका लागि घरको ढोका थुनेर बस्न सबैलाई आग्रह गरेको छ । ‘कृपया सरकारको नियम मानेर आफ्नो सुरक्षा गर्नुहोस् । यो आफैं भाइरस फैलिएको छैन, मानिसले फैलाइरहेका छन् ।’
पछिल्लो तथ्यांकअनुसार बेलायतमा कोरोबाट ४ सय २२ जनाको मृत्यु भइसकेको छ । ८ हजार ७७ जनामा संक्रमण देखिएको छ ।
बेलायतका राजकुमार चाल्र्समा समेत कोरोना भाइरसको संक्रमण देखिएको क्लेरेन्स हाउसले बुधबार विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।
स्रोत : द सन
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग