कोराना महामारीः भारतमा मृत्यु हुनेको संख्या ३५ पुग्यो, दार्जिलिङमा १ महिलाको मृत्यु

कोराना महामारीः भारतमा मृत्यु हुनेको संख्या ३५ पुग्यो, दार्जिलिङमा १ महिलाको मृत्यु

coronavirus22

एजेन्सी । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनको संख्या ३५ पुगेको छ । सोमबार ४ जनाको मृत्यु भएसँगै भारतमा मर्नेको संख्या ३५ पुगेको हो ।

सोमबार मध्यप्रदेश, गुजरात, महाराष्ट्र र पश्चिम बंगालमा १–१ जनाको मृत्यु भएको छ । महाराष्ट्रको पुनेमा ५२ वर्षीय पुरुषको मृत्यु भएको छ भने गुजरातको भावनगरमा ४५ वर्षीय महिलाको मृत्यु भएको छ ।

उनीहरुको सोमबार कोरोनाका कारण मृत्युको पुष्टि भएको जनाइएको छ । योसँगै गुजरातमा मर्नेको संख्या ६ पुगेको छ । त्यस्तै,आजै मध्यप्रदेशमा ४१ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ ।

मध्यप्रदेशमा योसहित मृत्यु हुनेको संख्या ४ पुगेको छ । त्यस्तै पश्चिम बंगालको दार्जिलिङमा ५४ वर्षीया महिलाको मृत्यु भएको जनाइएको छ ।

ती महिला भर्खरै चेन्नईबाट उपचार गरेर फर्किएकी थिइन् । पश्चिम बंगालमा योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या २ पुगेको छ ।

कोरोना संक्रमणका कारण भारतमा अहिलेसम्म सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या ९ पुगेको छ । अहिलेसम्म भारतमा ११ सयभन्दा बढीलाई संक्रमण पुष्टि भएको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds