पोखरा । पोखरा महानगरपालिकाले विपन्न परिवारको लागि ल्याएको राहत प्याकेज बुधबारबाट बाँडिने भएको छ । दैनिक ज्यालादारीबाट छाक टार्ने परिवारलाई सहजतका लागि महानगरले यस्तो प्याकेज ल्याएको हो ।
वडाबाट विपन्न परिवारको लागत निकालेर राहत बाड्न सुरु गर्ने पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । उनले राहत वितरणका कार्यक्रम दुई दिन भित्रमा सक्ने पनि जानकारी दिए ।
महानगरले राहत वितरणको लागि फाराम भर्न अनिवार्य गरेपछि चर्को विरोध पनि भएको थियो । यही प्रश्न प्रवक्ता नेपालीलाई राख्दा असली मजदुरको पहिचान गर्न यस्तो व्यवस्था गरिएको बताए ।
कोही पनि मजदुर नछुटुन भनेर हो,’ उनले भने, ‘भोली फेरि राहत वितरणमा पनि भ्रष्टाचार गरे भन्ने आरोप पनि आउँछ । आफ्नो मान्छेलाई मात्रै राहत बाडें भन्ने पनि आउला । त्यो सबै आरोप नआओस् भनेर नै छोटोमिठो गरि राहत बाड्नको लागि फर्म भर्ने व्यवस्था मिलाइएको हो ।’
वडाबाट स—साना राहतका कार्यक्रम सुरु भए पनि महानगरले भोलिदेखि सुरु गर्ने उनले जानकारी दिए ।a
सम्बन्धित खबर
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग