एजेन्सी । थाइल्यान्डका राजा महा बज्रलङ्क्रोन यतिबेला जर्मनीको विलासी होटलमा ‘सेल्फ आइशोलेसन’ मा छन् । उनले आफ्ना लागि पुरै होटल बुक गरेका छन् ।
यहाँ राजा र उनका २० प्रेमिकाबाहेक अन्य कोही पनि बस्दैनन् ।
कोरोना भाइरसपछि विश्वभरका जनता घरभित्रै बस्न बाध्य छन् ।
उनीहरु अत्यावश्यक काममा मात्रै बाहिर निस्कन्छन् र सेल्फ आइसोलेसन पालना गरिरहेका छन् ।
यस्तोमा थाई राजाले आफुलाई जर्मनीमा सेल्फ आइशोलेट गरेका हुन् ।
लकडाउनका बाबजुद यी राजालाई बाभारियास्थित चार तारे ग्रान्ड होटल सोन्नीनबीच्लमा बस्नका लागि विशेष अनुमति दिइएको हो ।
जर्मन ट्याबलोइड बिल्डमा प्रकाशित समाचारअनुसार थाई राजा आफ्ना केही सेवकसहित २० जना प्रेमिकासँगै यहाँ बसिरहेका छन् ।
यी राजाले अझै ठूलो संख्यामा सेवक ल्याउने योजना बनाएका थिए, तर तीमध्ये १ सय १९ जनालाई कोरोना हुनसक्ने आशंकामा घर पठाइयो ।
आफ्ना राजा जर्मनीमा बसेको समाचार भाइरल भएपछि थाईल्यान्डका जनताले ट्वीटरमा आक्रोश पोखेका छन् । ‘हामीलाई किन राजा चाहियो ?’ ट्वीटरमा ट्रेन्डिङमा छ ।
जबकी, थाइल्यान्डमा राजाविरुद्ध बोल्नु अपराध मानिन्छ ।
यस देशमा राजा वा रानीको इज्जतमाथि प्रश्न उठाउन नपाइने कडा कानून छ । यी राजाले चारपटक बिहे गरिसकेका छन् ।
राजकुमारी सोआम्सावालीसँग १९७७ मा बिहे गरेर १९९३ मा डिभोर्स गरेका थिए । युवाढिदा पोल्प्रासेर्थसँग १९९४ मा बिहे गरेपनि दुई वर्षसमै सम्बन्ध विच्छेद भयो ।
श्रीरश्मी सुवाडीसँग २००१ मा बिहे गरेर २०१४ मा सम्बन्ध विच्छेद गरे । अहिले रानी सुथिडा उनकी पत्नी हुन् ।
थाइल्याण्डमा अहिलेसम्म १ हजार ५ सय २४ जनामा कोरोना भाइरस देखिइसकेको छ । नौ जनाको मृत्यु भइसक्यो ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु