एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण चौबिस घण्टामा विश्वभर ३४ सय ७७ जनाको मृत्यु भएको छ ।
मंगलबार एकैदिन ३४ सय ७७ जनाको मृत्यु भएको हो ।
त्यस्तै मंगलबारसम्म संक्रमित हुनेहरुको संख्या विश्वभर ८ लाख ३७ हजार २१ पुगेको छ भने एकैदिन ५२ हजार ३६२ जना संक्रमित भएका छन् । मर्नेको संख्या ४१ हजार २ सय ४५ पुगेको छ ।
मंगलबार सबैभन्दा बढी इटालीमा ८ सय ३७ जनाको मृत्यु भएको छ भने स्पेनमा ५ सय ५३ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्रान्समा ४ सय ९९ जनाको मृत्यु भएको छ भने बेलायतमा ३ सय ८१ जनाको मृत्यु भएको छ ।
त्यस्तै अमेरिकामा २ सय ९० जनाको मृत्यु भएको छ । उता, बेल्जियममा १ सय ९२ जनाको मृत्यु भएको छ भने इरानमा १ सय ४१ जनाको मृत्यु भएको छ ।
अमेरिकामा एकैदिन १२ हजार ७ सय ३० जनामा संक्रमण पुष्टि भएको छ भने फ्रान्समा ७ हजार ५ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै इटालीमा ४ हजार ५३ जनामा संक्रमण पुष्टि भएको छ भने स्पेनमा ६ हजार ४ सय ६१ जनामा संक्रमण देखा परेको छ । उल्लेखित तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा बढ्री अमेरिकामा १ लाख ७६ हजार ५ सय १८ जना संक्रमित भएका छन् भने इटालीमा १ लाख ५ हजार ७ सय ९२ जना संक्रमित भएका छन् ।
त्यसपछि इटाली, चाइना, जर्मनी लगायतका देशहरुमा संक्रमित हुनेहरुको संख्या बढी देखिएको छ । इटालीमा मर्नेको संख्या १२ हजार ४ सय २८ पुगेको छ भने स्पेनमा ८ हजार २ सय ६९ पुगेको छ ।
त्यस्तै, अमेरिकामा मर्नेको संख्या ३ हजार ४ सय ३१, फ्रान्समा ३ हजार ५ सय २३ इरानमा २ हजार ८ सय ९८, बेलायतमा १ हजार ७ सय ८९, नेदरल्यान्डमा १ हजार ३९ जनाको अहिलेसम्म मृत्यु भएको छ ।
अन्य देशमा पनि मृत्युदर बढिरहेको देखिएको छ । तर संक्रमण सुरु भएको चीनमा भने महामारी नियन्त्रणमा आइसकेको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु