काठमाडौ । भारतमा तीन दिनको शिशु र उनको आमालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मुम्बईको चैंबुर भन्ने ठाउँका विक्की सिंहकी श्रीमती र उनको तीन दिनको छोरामा कोरोना पुष्टि भएको हो ।
विक्कीले कोरोना संक्रमणबाट जोगाउन हरसम्भव कोसिस गरेका थिए । मुम्बईको साई अस्पतालको दुई बेडको एउटा सिङ्गै कोठा उनीहरुले बुक गरेका थिए । तर कोरोना लागेरै छाड्यो ।
विक्की सिंहले अस्पतालको लापरवाहीका कारण आफ्नो पत्नी र छोरो कोरोना भाइरसबाट संक्रमित भएको आरोप लगाउँदै आएका छन् । उनले अस्पतालले कोरोना संक्रमितलाई बेडमा राखेको र पछि त्यो कोठा राम्रोसँग सफा नगर्दा आफ्नो परिवारको सदस्यलाई पनि कोरोना भाइरस सरेको बताउँछन् । यद्यपि अस्पतालले सरसफाइ र पूर्णसावधानी अपनाइएको भन्दै विक्की सिंहको आरोपको खण्डन गर्दै आएको छ ।
एक रेष्टुरेन्टमा म्यानेजरको जागिरे विक्की सिंहले श्रीमतीको डेलिभरीको समय आउनुभन्दा अगाडि नै अस्पतालका दुई बेड वाला कोठा बुक गरेका थिए । अपरेसन गरेर बच्चा जन्मिएको दुई घण्टामै अस्पतालका कर्मचारीले अर्को कोठामा सर्न भने । विक्कीले मानेनन् । तर, कर्मचारीहरुले त्यो कोठाको चुकुल बिग्रिएको भन्दै एउटामात्रै बेड भएको अर्को कोठामा सारिदिए ।
त्यसको भोलिपल्ट अस्पतालले जुन कोठामा उनकी श्रीमतीलाई राखिएको थियो, त्यो कोठामा पहिलो कोरोना संक्रमित बिरामीलाई राखेको भनेर स्वीकार गरेको विक्की सिंहको भनाइ छ ।
त्यसपछि विक्कीले आफूहरुको स्वास्थ्य परीक्षण गर्न माग गरे । तर, अस्पतालका चिकित्सकहरुले कुनै लक्षण नदेखिएकाले नमूना परीक्षण गर्नु नपर्ने बताए । विक्कीले धेरै कर गरेपछि भोलिपल्ट बल्ल तीनै जनाको स्वास्थ्य परीक्षण गरियो ।
त्यसपछि मार्च ३० तारिखको दिन डाक्टरहरुले विक्कीलाई डिस्चार्ज हुन भने । तर उनले मानेनन्, किनभने उनको घरमा ७० वर्षीया हजुरआमा थिइन् । तर डाक्टरहरुले भने अस्पताल बन्द हुन लागेको भन्दै अस्पताल छाड्न कर गरे ।
विक्की भन्छन्, ‘अन्तमा हामीले अस्पताल छाड्नुपर्यो । घर गएपछि हामी तीनैजनाको रिपोर्ट आयो । मेरो नेगेटिभ देखियो तर पत्नी र छोरोको रिपोर्ट पोजेटिभ थियो ।’
अहिले विक्की, उनकी पत्नी र छोरो कस्तुरबा अस्पतालको क्वारेन्टाइनमा छन् । उनीहरुलाई डाक्टरहरुको निगरानीमा उपचार जारी छ । विक्कीले प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्रीलाई अपिल गर्दै आफूहरु र आफ्नो सानो बच्चाको उपचारमा विशेष ध्यान दिन माग गरेका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार कोरोना भाइरस संक्रमण फैलिएको पाइएपछि साई अस्पताललाई सिल गरिएको छ ।
सम्बन्धित खबर
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग