भारतमा कोरोनाबाट ८० जनाको मृत्यु, संक्रमितको संख्या २ हजार ५४७ पुग्यो 

भारतमा कोरोनाबाट ८० जनाको मृत्यु, संक्रमितको संख्या २ हजार ५४७ पुग्यो 

Coronavirus-696×318

एजेन्सी । भारतमा कोराना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

शुक्रबार भारतका विभिन्न ठाउँमा ८ जनाको मृत्यु भएसँगै कोरोनाबाट मर्नेको संख्या ८० पुगेको हो ।

शुक्रबार महाराष्ट्रमा ६ जनाको मृत्यु भएको छ । यो सहित महाराष्ट्रमा मर्नेको संख्या २६ पुगेको छ । त्यस्तै शुक्रबारनै आन्ध्र प्रदेशमा ५५ वर्षीय एक पुरुषको संक्रमणका कारण मृत्यु भएको जनाएको छ ।

आन्ध्र प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो ।

त्यस्तै आजै गुजरातको गोधरामा ७८ वर्षीय एक व्यक्तिको मृत्यु भएको जनाइएको छ । योसहित गुजरातमा मर्नेको संख्या ९ पुगेको छ । संक्रमणबाट बिहीबार भारतमा १० जनाको मृत्यु भएको थियो ।

त्यस्तै भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ५४७ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ