एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या १२ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, संक्रमितको संख्या १२ लाख दुई हजार नाघेको हो ।
चीनको वुहानबाट निस्किएको यो भाइरसको कारण अमेरिका सबैभन्दा प्रभावित बनेको छ । अहिलेसम्म अमेरिकामा तीन लाख ११ हजार मानिसमा यो भाइरसको संक्रमण देखिएको छ ।
त्यस्तै, स्पेनमा एक लाख २६ हजार, इटालीमा एक लाख २४ हजार, जर्मनीमा ९६ हजार र फ्रान्समा ९० हजारभन्दा बढीमा यो भाइरसको संक्रमण देखिएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको यो भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या पनि ६४ हजार सात सय ५३ पुगेको छ । इटालीमा अहिलेसम्म भाइरसको कारण १५ हजार तीन सय ६२ जनाको ज्यान गएको छ ।
त्यस्तै, स्पेनमा ११ हजार नौ सय ४७, अमेरिकामा आठ हजार आठ सय ८८, फ्रान्समा सात हजार पाँच सय ७४ र बेलायतमा चार हजार तीन सय २० जनाको ज्यान गएको छ ।
अहिलेसम्म यो भाइरसबाट संक्रमित दुई लाख ४६ हजारभन्दा धेरै मानिसहरु निको भएर घर फर्किसकेका छन् । जसमध्ये सबैभन्दा धेरै चीनमा ७६ हजार नौ सय ४६ जना संक्रमित निको भएका छन् ।
त्यस्तै, स्पेनमा ३४ हजार दुई सय १९, फ्रान्समा २६ हजार चार सय र इटालीमा २० हजार नौ सय ९६ जना मानिस निको भएका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु