एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू मास्क नलगाउने बताएका छन् । अमेरिकामा जारी नयाँ स्वास्थ्य निर्देशनमा मानिसहरुलाई मास्क लगाउन भनिएको छ ।
यता ट्रम्पले भने आफूले मास्क नलगाउने बताएका छन् । उनले भने, ‘तपाईंहरुले मलाई मेरो ओभल अफिसमा राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा, रानीको स्वागत गर्दा मास्क लगाएको देख्न सक्नुहुन्नँ ।’
उनले शुक्रबार जारी निर्देशन बाध्यकारी नभएको पनि बताएका छन् ।
उनले भने, ‘तपाईंले यस्तो गर्नैपर्छ भन्ने छैन, मलाई लाग्दैन कि म मास्क लगाउनेछु ।’
अमेरिकामा कोभिड–१९ संक्रमितको संख्या २ लाख ८० हजार पार गरिसकेको र मृतकको संख्या पनि सात हजार नाघिसकेको छ । पछिल्लो २४ घण्टामा यहाँ ३२ हजार बढी संक्रमित भेटिएका थिए ।
अहिलेसम्म अमेरिकी स्वास्थ्य अधिकारीले बिरामी र उनीहरुको हेरविचार गर्नेहरुले मात्रै मास्क लगाउनुपर्छ भन्दै आएका थिए ।
तर शुक्रबार जारी नयाँ निर्देशनमा सर्वसाधारणलाई पनि मास्क लगाउन सल्लाह दिइएको छ ।
नयाँ शोध अनुसार अनुहार नढाके। जुन लापरवाही गरिएको छ, त्यसका कारण पनि संक्रमण फैलिरहेको छ ।
अमेरिकी जनतालाई सार्वजनिक स्थानमा आफ्नो अनुहार सफा कपडाले ढाक्न आग्रह गरिएको छ ।
अधिकारीले सर्वसाधारणलाई सर्जिकल मास्क नलगाउन आग्रह गरेका छन् । अमेरिकामा अहिले पनि सर्जिकल मास्कको अभाव छ ।
राष्ट्रपति ट्रम्पले शुक्रबार भने, ‘हालैको शोधका पत्ता लागेअनुसार जुन संक्रमितमा लक्षण देखिँदैन उनीहरुमार्फत् भाइरस तीब्र रुपमा फैलिरहेको छ ।’
ट्रम्पले उनको सरकारको प्रतिक्रियाले ज्यान पनि बचाएको उनले जानकारी दिएका छन् ।
उनले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावलाई पनि अघि नबढाइने जानकारी दिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु