पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या ९५ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या ९५ हजार पाँच सय ६ पुगेको हो ।
भाइरसबाट अहिलेसम्म इटालीमा सबैभन्दा धेरै १८ हजार दुई सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुकमा अमेरिका दोस्रो स्थानमा आइपुगेको छ । अमेरिकामा अहिलेसम्म १६ हजार पाँच सय १३ जनाको भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै स्पेनमा पनि मृत्यु हुनेको संख्या १५ हजार चार सय ४७ पुगेको छ भने फ्रान्समा १२ हजार दुई सय २८ जनाको मृत्यु भएको छ ।
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि १६ लाखको हाराहारीमा पुगेको छ । अहिलेसम्मको तथ्यांकअनुसार विश्वभर १५ लाख ९६ हजारभन्दा बढी मानिस यो भाइरसबाट संक्रमित भएका छन् ।
संक्रमितको संख्यामा अमेरिका सबैभन्दा अगाडि छ । अमेरिकामा यो भाइरसको कारण अहिलेसम्म चार लाख ५२ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । त्यस्तै स्पेनमा संक्रमित संख्या एक लाख ५३ हजार नाघेको छ भने इटालीमा यो संख्या एक लाख ४३ हजार नाघेको छ ।
अहिलेसम्म विश्वभर तीन लाख ५४ हजार संक्रमित निको भइसकेका छन् । चीनमा सबैभन्दा धेरै संक्रमित निको भएका छन् । चीनमा अहिलेसम्म ७७ हजारभन्दा बढी संक्रमित निको भएका छन् । स्पेनमा पनि ५२ हजारभन्दा धेरै संक्रमित निको भएका छन् । जर्मनीमा निको हुने संक्रमितको संख्या ५२ हजार नाघेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर