एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फैलिएदेखि आज बिहीबार पहिलो पटक कुनै पनि सङ्क्रमित भेटिएका छैनन् ।
देशको स्वास्थ्य मन्त्रालयका अधिकरीहरुका अनुसार बिहीबार कोरोना भाइरसबाट कुनै पनि व्यक्ति सङ्क्रमित भएको विवरण आएको छैन ।
दक्षिण कोरियामा गत फेब्रअरीदेखि कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेको मन्त्रालयले जनाएको छ ।
कोरियाको रोग नियन्त्रण तथा न्युनिकरण केन्द्रमा बिहीबार कुनै पनि सङ्क्रमितको विवरण दर्ता नभएको उल्लेख गरिएको छ ।
विकसित मुलुकका दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिलेसम्म दश हजार ७६५ जना सङ्क्रमित भएका छन् भने २४७ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसबाट कुनै पनि नयाँ व्यक्ति सङ्क्रमित भएको विवरण नआएको दिनलाई दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले खुशीयालीको दिनका रुपमा स्मरण गरेका छन् ।
उनले यस्तो खुशीको दिन आउनुमा आम नागरिकको समूहिक प्रयासबाट सम्भव भएको उल्लेख गर्दै यसको श्रेय आम नागरिकलाई नै दिएका छन् ।
हाम्रो देशका कोरोना भाइरसको सङ्क्रमण फैलिएको आज ७२ दिन भएको छ, आज दिनभरी कुनै पनि व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको विवरण नआएको पहिलो दिन भएको छ, राष्ट्रपति मुनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि नियन्त्रणमा पाएको सफलताकोे विश्व स्वास्थ्य सङ्गठन लगायत विश्व समुदायले कोरियाली स्वास्थ्य सेवाको प्रशंसा गरेको छ । Photo: BBC
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’