टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोनाभाइरसका कारण जारी गरिएको आपतकाललाई अरु एक महिना थप गर्न लाग्नुभएको स्थानीय सञ्चार माध्यमहरुले बताएका छन् ।
कोरोना भाइरसको संक्रमण देखिएपछि गत अप्रिल ७ मा देशका सातवटा क्षेत्रमा आपतकाल घोषणा गरिएको थियो ।
तर कोरोनाको संक्रमण फैलिएसँगै आपतकाललाई देशव्यापी बनाइएको थियो ।
प्रधानमन्त्री आबेले आपतकाललाई आगामी मे महिनाभर वा अर्को जुन महिनाको ६ तारिखसम्म थप गर्न सक्ने स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बिहीरबार संसदमा बोल्दै प्रधानमन्त्री आबेले मुलुकको स्वास्थ्य सेवाले कठिन परिस्थितिको सामना गर्नु परिरहेको बताएका छन् ।
बुधबार पनि सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री आबेले मानिसहरुमा नयाँ संक्रमण देखिएको बताउँदै भनेका छन्, ‘के हामी मे ६ भित्रै आपतकाल हटाउन सक्छौं ? मेरो विचारमा अझ गम्भीर परिस्थिति आउने देखिँदैछ ।’
निक्की अखबार समेतका स्थानीय सञ्चारमाध्यमहरुले कोरोनाभाइरस र आपतकालका बारेमा शुक्रबार विज्ञहरुसँग सरकारले छलफल गर्न लागेको बताएका छन् ।
विज्ञहरुले भने आपतकालको घोषणालाई यथावत राख्न सुझाव दिँदै आएका छन् ।
आपतकालको घोषणा कहिले गरिन्छ भन्नेमा अझै स्पष्ट भइसकेको छैन ।
तर प्रधानमन्त्री आबेले निर्धारित मितिभन्दा अगाबै आपतकालको घोषणा गरी द्विविधा अन्त्य गरिने बताएका छन् ।
उनले व्यवसाय, विद्यालय र संस्थाहरु खोल्न उपयुक्त समय आवश्यक हुने पनि बताए ।
जापानमा आपतकाल घोषणा गरिए पनि उल्लंघन गर्नेमाथि सजायको व्यवस्था नगरिएका कारण युरोप वा अन्यत्रको जस्तो आपतकालीन व्यवस्था लागू भएको छैन ।
गभर्नरहरुलाई व्यवसाय वा स्कुल बन्द गर्न तथा मानिसलाई घरभित्रै बस्न आग्रह गर्न सक्छन् तर त्यसको उल्लंघन गर्नेमाथि कारबाही गरिन्न ।
क्षेत्रीय गभर्नरहरुले आपतकाललाई बढाउन यसअघि नै आवाज उठाएका छन् ।
अप्रिलमा शुरु हुने विद्यालयको नयाँ सत्रलाई सेप्टेम्बरमा सार्न सुझाव पनि गभर्नरहरुले दिएका छन् । जापानमा गत मार्चदेखि नै विद्यालयहरु बन्द छन् ।
जापानमा संयुक्तराज्य अमेरिका र युरोपको जस्तै कोरोना संक्रमण छैन ।
जापानमा करिब १४ हजारमा कोरोना संक्रमण देखिएको छ भने ४१५ जनाको मृत्यु भएको छ ।
तर जापानमा कम परीक्षण गरिएको भन्दै आलोचना हुने गरेको छ ।
कोरोनाभाइरसको संक्रमणको वास्तविक वृद्धिदर अस्पष्ट रहेको उनीहरुको भनाई छ । –एएफपी
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग