अमेेेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् ।
‘कोरोना भाइरस संक्रमण रोक्न चीनको असफलतालाई मध्यनजर गर्दै चीनमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई नकार्न सकिँदैन,’ ट्रम्पले भनेका छन् ।
ट्रम्पले यो कुरा अमेरिकी राष्ट्रपतिहरुका लागि बनाइएको फार्म हाउस क्याम्प डेभिभ जानका लागि हेलिकप्टरमा चढ्नुअघि पत्रकारहरुसँग कुरा गर्दै भनेका हुन् ।
२८ मार्चदेखि ह्वाइट हाउसबाट बाहिर ननिस्किएका ट्रम्पले अब सो फार्म हाउसमा एक साता बिताउने बताइएको छ ।
उनी आफ्ना केही सहयोगी र छोरी इवान्का ट्रम्पसँग फार्म हाउस गएका छन् ।
अमेरिकाले चीनको ल्याबबाट कोरोना भाइरसको महामारी फैलिएको दाबी गर्दै आएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीनले पर्याप्त सावधानी नअपनाएको र विश्व स्वास्थ्य संगठनले पनि चीनको पक्षपोषण गर्दै आएको आरोप ट्रम्पले लगाउँदै आएका छन् ।
यही कारण अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई गर्दै आएको आर्थिक सहयोग कटौतीसमेत गरेको छ ।
अमेरिकाले हालै कोरोना संक्रमणबाट प्रभावित अमेरिकाका ४ सय अस्पतालहरुलाई १२ बिलियन डलरको सहयोग राशी घोषणा गरेको छ ।
ह्वाइट हाउसका प्रवक्ता केली मेक्ननीले दिएको जानकारीअनुसार कोरोना भाइरस संक्रमित १०० बिरामी यो सोभन्दा बढी बिरामी भर्ना भएको अस्पताललाई प्राथमिकता दिएर सहयोग गरिने छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’