एजेन्सी । तपाइँलाई अचम्म लाग्यो होइन ? कुनै पुरुष के ८ सय जना बच्चाको बाउ बन्न सक्छ ? अझ हरेक हप्ता एउटा नयाँ बच्चाको बाउ बन्ने हैसियत कुन मर्दले राख्ला ? आमपुरुषको हैसियत तथा कल्पना भन्दा बाहिरको यो सामर्थ्य बेलायतका एकजना पुरुषले यथार्थमा परिणत गरिदिएका छन् ।
सिमोन वाट्सन नामका ती बेलायती पुरुष अहिलेसम्म ८ सय बच्चाको बाउ बनिसकेका छन् र उनी बाउ बन्ने क्रम जारी छ । उनका सन्तानहरु हरेक हप्ताजसो विश्वका विभिन्न देशमा जन्मिरहेका हुन्छन् । वास्तवमा वाट्सन शुक्रकिट दाता हुन् । उनले सोसल मिडियामा आफ्नो व्यवसाय चलाइरहेका छन् ।
अहिले पनि उनको शुक्रकिटबाट विभिन्न देशका महिलाहरुले गर्भाधारण गरिरहेका छन् र हरेक हप्ता स्पेनदेखि ताइवानसम्म उनका बच्चा जन्मिरहेका छन् ।आउँदो १-२ वर्षमै उनले एक हजार बच्चाका बाउ बनेर अजम्बरी कीर्तिमान राख्नेछन् ।
वास्तवमा कुनै आधिकारिक क्लिनिकबाट शुक्रकिट खरिद गर्दा निकै महंगो पर्ने हुनाले सोसल मिडियामार्फत सस्तोमा शुक्रकिट खरिद गर्नेहरुको संख्या ठूलो छ । त्यसैले धेरै निसन्तान महिलाहरुले शुक्रकिट खरिद गर्नका लागि सिधै वाट्सनसँग सम्पर्क राख्छन्, सोसल मिडियामार्फत् । वाट्सन नियमित रुपमा आफ्नो स्वास्थ्य परीक्षण गराउँछन् र आफ्नो स्वास्थ्य पक्का गर्दै मात्र शुक्रकिट दान गर्दछन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो