एजेन्सी । पश्तुन ताहाफुज मुभमेन्ट (पिटिएम) का नेता आरिफ वाजिरको हत्या भएको छ ।
उनीमाथि दक्षिणी वाजिरिस्तानको वाना स्थित आफ्नै घरमा केही अज्ञात समूहले शुक्रबार गोली हानेका थिए ।
उनको शनिबार इस्लामाबादमा निधन भएको हो ।
उनको उपचारको क्रममा निधन भएको वानाका स्टेशन हाउस अफिसर उस्मान खानले जानकारी दिए ।
वाजिर आफ्नो घरमा टहल्दै गर्दा उनीमाथि गुडिरहेको गाडीमा सवार केही व्यक्तिले गोली हानेका थिए । अधिकारीका अनुुसार उनलाई अत्यधिक चोट लागेको थियो ।
उनलाई सुरुमा स्थानीय अस्पतालमा लगिएको र पछि इस्लामाबादस्थित नाम नखुलाइएको अस्पतालमा पुर्याइएको थियो ।
सन् २००५ मा वाजिरका बुवा र दाइलाई पनि अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । त्यसपछि उनीहरुसँग अन्य सातजनाको गोली हानेर हत्या गरिएको थियो ।
त्यतिबेला किशोर अवस्थामा रहेका वाजिरले तत्पश्चात आफ्नो पढाई छोडेर घरको जिम्मेवारी सम्हालेका थिए । उनका तीन छोरा, दुई छोरी र एक श्रीमती छिन् ।
वजीर एक महिना अघि जमानतमा जेलबाट रिहा भएका थिए ।
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग