काठमाडौं । उत्तर कोरिया र दक्षिण कोरियाको सीमामा दुई पक्षबीच गोली हानाहान भएको छ । आक्रमणबाट दक्षिण कोरियामा मानवीय क्षति भने नभएको बताइएकाे छ ।
दक्षिण कोरियाली सेनाले दिएको जानकारीअनुसार, उत्तर कोरियाले आइतबार चेओरवोनमा रहेको सीमाक्षेत्रको दक्षिण कोरियाली सुरक्षा चौकीमा गोली प्रहार गरेको हो ।
दक्षिण कोरियाले दोहोरो फयरिङ्गमा आफ्ना कुनै पनि सेनाको मृत्यु नभएको बताएको छ । जवाफमा दक्षिण कोरियाले पनि दुई राउण्ड जवाफी फायरिङ्ग गरेको थियो ।
अहिलेसम्म उत्तर कोरियाले किन गोली प्रहार ग¥यो भन्ने खुलेको छैन । अधिकारीहरूले उत्तर कोरियाली सेनासँग सम्पर्क गरेर गोली प्रहारको कारणबारे बुझ्ने प्रयास गरिरहेको जनाइएको छ ।
पछिल्लो पाँच वर्षमा उत्तर कोरियाले दक्षिण कोरियामाथि पहिलोपटक गोली प्रहार गरेको हो । पछिल्लो दुई वर्षयता उत्तर र दक्षिण कोरियाबीचमा सीमा क्षेत्रमा शान्ति स्थापनाको प्रयास भइरहेको छ ।
सन् २०१८ मा उत्तर कोरियाको प्योंगयोङमा भएको सम्मेलनमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनको बीचमा भएको सम्झौतामा सीमाक्षेत्रमा सैन्य तनाव कम गर्दै लैजाने उल्लेख गरिएको थियो ।
उत्तर कोरियाली नेता किम जोन उन लामो समयपछि सार्वजनिक रूपमा देखिएको एक दिनपछि नै उत्तर कोरियाले दक्षिण कोरियामा गोली प्रहार गरेको हो । स्रोत : बीबीसी
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो