स्पेनिस क्लब बार्सिलोनाले शुक्रबार झन्डै दुई महिनापछि पहिलोपटक आफ्नो प्रशिक्षण सुरु गरेको छ । कोरोना भाइरस रोक्नका लागि स्पेनमा गरिएको लकडाउन केही खुुकुलो भएसँगै बार्सिलोनाले प्रशिक्षण सुरु गरेको समाचारमा जनाइएको छ ।
बुधबार बार्सिलोनाका सबै खेलाडीको कोभीड–१९ परीक्षण गरिएको थियो । त्यसयता, शुक्रबार कप्तान लियोनल मेस्सीसहित अधिकांश खेलाडी प्रशिक्षण स्थलमा ड्रिब्लिङ तथा नियमित अभ्यास गर्दै गरेको अवस्थामा भेटिए । क्लबका अनुसार ओस्माने डेम्बेलेबाहेक अन्य सबै खेलाडी प्रशिक्षणमा फर्किएका छन् । डेम्बेले भने ह्याम्स्ट्रिङ इन्जुरीका कारण यस सिजन बाँकी खेल खेल्नका लागि टोलीमा दर्ता भएका छैनन् ।
खेलाडीहरुका लागि विभिन्न चरणमा प्रशिक्षणको व्यवस्था गरिएको छ । खेलाडीहरुले सुरुमा व्यक्तिगत अभ्यास, त्यसपछि सानो समयमा अभ्यास र खेल सुरु हुनअघि पूर्ण रुपमा प्रशिक्षण थाल्नेछन्, आगामी जुनमा ला–लिगा फेरि सुरु गर्ने आशा गरिएपनि खेलतालिका भने सार्वजनिक भएको छैन ।
ला–लिगाका ११ खेल खेल्न बाँकी छदाँ बार्सिलोना शीर्ष स्थानमा छ । दोस्रो स्थानको रियल म्याड्रिड बार्सिलोनाभन्दा २ अंकले पछि छ । रियलले सोमबारबाट प्रशिक्षण सुरु गर्ने योजना बनाएको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु