काठमाडौं । विश्वभर महमारीको रुपमा फैलिएको कोरोनाभाइरस कोभिड-१९ ले स्थगित जर्मन फुटबल लिग बुण्डेशलिगा आजदखि पुन सुरु हुँदैछ । युरोपको शीर्ष पाँच व्यावसायिक लिग मध्ये एक रहेको बुण्डेशलिगा २ महिनाभन्दा बढी समयपछि मैदान फर्कन लागेको हो ।
विश्वभर कोरोनाभाइरसले सबैखाले खेलकुद गतिविधिलाई असर गर्दा फुटबल खेलहरु समेत रोकिएका थिए । यसैबीच शीर्ष पाँच लिगमध्ये एक फ्रेन्च लिग वान र बेल्जियनको प्रो लिग भने रद्द नै भइसकेको छ ।
जर्मनीको लिग बज शुरु हुँदैछ भने अन्य ठूला लिगहरु प्रिमियर लिग स्पानिस ला लिगा र इटालियन सिरी ए जुनको दोस्रो साता सुरु गर्ने तयारीमा छ ।
कोरोनाभाइरस पूर्ण रुपमा नियन्त्रण नहुँदै शुरु हुन लागेको बुण्डेशलिगाका खेलहरु दर्शक बिनै क्लोज डोरमा हुनेछ । आज शनिवार ६ खेल हुँदैछन् । जसमा दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्ड र छैटौं स्थानको साल्के बीचको खेललाई प्रतिक्षाको रुपमा हेरिएको छ । यो खेल नेपाली सयमअनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ ।
अहिलेका चर्चित युवा खेलाडीहरु एर्लिन हालान्ड र जाडोन सान्चो जस्ता खेलाडीका साथ पाएको डर्टमण्ड घरेलु मैदानमा सुदख नतिजा ल्याउने योजनामा छ ।
डर्टमण्ड र साल्केबीचको खेललाई रिभर डर्बीको रुपमा परिचित छ । त्यसैले यो खेल प्रतिस्पर्धात्मक हुने विश्वास छ ।
घरेलु मैदानमा आफ्नो पक्षमा नतिजा ल्याउन सके डर्टमण्डले शीर्ष स्थानको वायर्न म्युनिखसंग अंकदुरी १ मा झार्नेछ । वायर्नको २५ खेलबाट ५५ अंक छ भने डर्टमण्डको समान खेलबाट ५१ अंक छ ।
सोही समयमै आरबी लेइपजिग र फाएवर्ग अग्सबर्ग वल्फ्सवर्ग होफेनहेइम र हेर्था बिएससी फर्चुना डुसेलडोफ र एससी पाडेनबर्नबीच खेल हुनेछ । यस्तै राती सवा १० बजे एनट्राट फ्राङ्कफर्ट र बोरुसिया मोन्चेनग्लाडबाकबीच खेल हुनेछ ।
कोरोना भाइरसले स्थगित भएको ६८ दिनपछि बुण्डेशलिगा फेरि हुन लागेको हो । पछिल्लो पटक ८ मार्चमा जर्मनीङ्गा फुटबल भएको थियो । कूल १८ क्लब सहभागि बुण्डेशलिगामा २५औं चरणको खेल सकिकएको छ । अब हरेक क्लबले ९(९ खेल खेल्न बाँकी छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो