अहिले कुनैपनि स्वास्थ्य समस्याले सताएमा तुरुन्तै अस्पताल जाने वा उपचार गर्ने अनुकुलता छैन । अझ सानोतिनो समस्यामा त अस्पताल जानु भनेको संभावित जोखिम निम्त्याउनु हो । त्यसैले यतिबेला स्वास्थ्यप्रति थप सचेत र सजग हुन जरुरी छ ।
कतिपय अवस्थामा खानपानले हामीलाई बिरामी बनाइरहेको हुन्छ । अहिले गर्मीको समयमा त खानपानमा अरु ध्यान दिनुपर्छ । बासी, सडेगलेको खानेकुराले स्वास्थ्यमा समस्या ल्याउँछ । यो मौसममा चाडै सड्ने, गल्ने हुन्छ । झिंगा, साङ्ला आदिले खानेकुरा दुषित बनाइदिन्छ ।
अतः यसरी कुनै कारणवस पेटमा खराबी भएको बेला कतिपय खानेकुरा खान उचित हुँदैन । खासगरी पेटको समस्यामा सुपाच्य वा सादा खानेकुरा उचित हुन्छ । तारेको, भुटेको, मसलेदार, माछामासुले थप समस्या निम्त्याउँछ ।
मसालेदार खाना
मसालेदार खाना खानाले पेटमा दुखाई र पेट पोल्ने समस्यालाई अझै गम्भिर बनाउँछ । चिल्लो र धेरै पिरोयुक्त खानेकुरा खानाले पेट दुखेको बेलामा अरु समस्या थप्छ । यसैले मसालेदार खानाको सेवन पेट दुखेको बेलामा नगर्नुहोस् । भुटेको तारेको मासु, चाउमिन, फ्रेन्चफ्राइज जस्ता खानेकुरा खान हुँदैन ।
उच्च फाइबरयुक्त खाद्यपदार्थ
धेरै फाइबर युक्त खानाको कारण धेरै दिसा लाग्ने समस्या निम्तन सक्छ सक्छ । यसैले पेट दुखेको बेलामा उच्च फाइबरयुक्त खानेकुराको सेवनबाट बच्नुपर्छ ।
क्याफिनको सेवन
पेट दुखेको बेलामा क्याफिनको सेवन गर्नु हानीकारक हुन्छ । यसैले पेट दुखेको बेला कफी लगायत अन्य क्याफिनयुक्त पेय पदार्थ सेवन नगर्नुहोस् ।
प्रशोधित खाना
प्रशोधित खानामा धेरै रसायन हुन्छन् साथै यो छिट्टै पच्दैन पनि । पेट दुखेको समयमा प्रसोधित खानेकुरा खानु हुँदैन ।
एसिडयुक्त खाद्यपदार्थ
एसिडयुक्त खाद्यपदार्थ जस्तै टमाटर आदिको सेवन नगरौं । यसले तपाईंको पेट दुख्ने समस्यालाई अझै बढाउन सक्छ । त्यसैले यसको सेवन गर्नबाट बच्नुहोस् ।
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग