पाेखरा । पाेखराबाट ३ दिन अघि काठमाडाैं पुगेका काेराेना संक्रमितकाे सम्पर्कमा आएका व्यक्तिकाे खाेजपड्ताल सुरु भइसकेकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ ।
बिहीबार साँझ विज्ञप्ति जारी गरेर निर्देशनालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साँझ ४:१५ बजेको प्रेस वक्तब्यमा काठमाडौंमा उपचाररत कास्की जिल्लाको पोखरा महानगरपालिका ८ का वर्ष ६० भनिएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको सूचना प्राप्त भए पश्चात नै केस अनुसन्धान तथा खोजपडताल (कन्ट्रयाक्ट ट्रेसिङ) सहित अन्य प्रक्रिया सुरु भैसकेको जनाएकाे हाे ।
उनी पोखरा ८ सिर्जनाचोक नजिकै आलुमाइला चोकतिर बस्ने ६० वर्षीय पुरुष हुन् ।
मंगलबार सबेरै कोठामा बेहोस अवस्थामा भेटिएका उनलाई तत्कालै गण्डकी मेडिकल कलेज पु¥याइएको थियो ।
त्यसपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं पठाउने प्रक्रिया मिलाउन दिउँसोसम्म लागेको थियो ।
त्यसबेलासम्म उनलाई जिएमसीमै राखिएको थियो ।
उनीसँगै २ जना पनि हेलिकोप्टरमै गएर फर्केका थिए । उनीहरु पनि अहिले क्वारेन्टाइनमा बसेका छन् ।
उनको घर कास्की भने होइन, परिवार पोखरामा थिएनन् । उनी डेरामा एक्लै बस्दै आएका थिए ।
काठमाडौं पुगेलगत्तै नमुना संकलन गरिएकोमा शुक्रबार नै नतिजा पोजेटिभ आएको थियो ।
सम्पन्न घरानाका उनलाई काठमाण्डौको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गरिएको थियो ।
उनी बेहोस भएर ढलेको, बान्ता देखिएको कारण पनि सुरुमा मेनेन्जाइटिसको आशंका गरिएको थियो तर पछि थ्रोट स्वाब टेस्ट गर्दा कोभिड १९ देखिएको हो ।

सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’