बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यासँगै बलिउडमा फेरि एक पटक परिवारवाद र नातावादको चर्को आलोचना भयो । अहिले बलिउडमा यो मुद्दा केन्द्रमा छ । त्यसो त, सुशान्त सिंह परिवारवादको शिकार हुने एक दुखी पात्र बने । यस क्रममा सुशान्तले भोग्नु परेको वहिष्करणबारे थप बहस हुन थालेको छ । कंगना करोटले सुशान्तको कामको प्रशंसा गर्दै उनले भोगेको दुखलाई सार्वजनिक रुपमा बहस नै उठाइन् ।
सुशान्तका दुई फ्यानले भने उनकै नाममा आत्महत्या गरेको खबर भारतीय मिडियाले उल्लेख गरेका छन् । महाराष्ट्रमा २० वर्षीया एक युवतीले आफ्नै घरमा डोरीले झुण्डिएर आत्महत्या गरिन् ।उनले आफ्नी भाउजुसँग सुशान्तले झैँ आफू पनि आत्महत्या गर्ने बताएकी थिइन् । तर भाउजुले हप्काएपछि केही बेर शान्त भए पनि केही घण्टामै उनले आत्महत्या गरेकी थिइन् ।
यस्तै, बरेलीका अर्का एक युवकले सुशान्तको नाममा सुसाइड नोट लेख्दै आत्महत्या गरेको भारतीय मिडियाले सार्वजनिक गरेका छन् । ती युवकले सुशान्तको आत्महत्याको समाचार टिभीमा देखेपछि सुसाइड नोट लेखेर आत्महत्या गरेको बताइएको छ । ‘सुशान्तले त आत्महत्या गर्न सक्छन् भने म किन सक्दिन ?’ भनेर लेख्दै आत्महत्या गरेको बुझिएको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु