एजेन्सी । भारतको पटनास्थित एक विवाह समारोहमा सरिक भएका ९५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । गुरुग्रामका सफ्टवेयर इन्जिनियर ३० वर्षका बेहुलाको विवाहको दुई दिनपछि मृत्यु भएको छ ।
संक्रमणको लक्षण देखिएता पनि उनको कोभिड–१९ परीक्षण बिना नै अन्तिम संस्कार गरिएको छ ।पटनाको जिल्ला प्रशासनलाई बेहुलाको मृत्यु भएको थाहा भएपछि उनका नजिकका आफन्तको कोरोनाभाइरस परीक्षण गरिएको थियो । जुन १५ तारिखमा आयोजित विवाहमा सरिक भएका १५ जनामा कोरोनाभाइरस पुष्टि भयो ।
त्यसपछि प्रशासनले कन्ट्याक्ट ट्रेसिङ सुरु गर्यो । सोमबार ८० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पटनाको प्रशासनले बेहुलाको भने कोभिड–१९ परीक्षण गर्न पाएन किनभने उनको परिवारले कुनै जानकारी बिना नै अन्तिम संस्कार गरिसकेका थिए ।
स्रोतका अनुसार ३० वर्षे बेहुला मे १२ तारिखमा विवाहका लागि आफ्नो देहपाली गाउँ फर्किएका थिए । त्यतिबेला उनलाई कोरोनाभाइरसको लक्षण देखिएको थियो । लक्षणलाई वास्ता नगरी उनको परिवारले विवाहको कार्यक्रम अघि बढाए ।
विवाह गरेको दुई दिनपछि उनको स्वास्थ्य अवस्था नाजुक भयो । अस्पताल पुर्याउने क्रममा नै उनको मृत्यु भयो ।
बेहुुलाको मृत्यु भएपछि विवाहमा सरिक भएका सबै पाहुनाको कोरोना परीक्षण गरियो । ९५ जनामा कोरोनाभाइरस संक्रमण देखिएपनि बेहुलीको रिपोर्ट भने नेगेटिभ आएको छ ।
प्रशासनले बेहुलाको परिवारले नियमको व्यापक उल्लंघन गरेको बताएको छ ।
यसका साथै विवाहमा ५० जना मात्रै सरिक हुन पाउने नियमको पनि उल्लंघन गरिएको प्रशासनले बताएको छ ।
स्रोत : इन्डिया टुडे
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’