हिन्दुधर्ममा भगवानको मुर्ती, प्रतिमा वा फोटोमा फूल अर्पण गर्ने परम्परा छ । यसरी भगवानलाई फूल अर्पण गर्दा श्रद्धालुको मनोकामना पुरा हुने धार्मिक विश्वास छ ।
मानिसहरु घरमा भगवानको मुर्ती वा प्रतिमा स्थापित गरेर फूल चढाउने गर्दछन् । तर यसरी चढाइएका फूल जलाशयमा सेलाउने चलन छ । तर कुहिएको फूल जलासयमा हाल्दा यसले फोहर हुने गर्दछ । त्यसो भए भगवानको पूजामा चढाइएको फूललाई के गर्ने ?
१) भगवानलाई चढाइएको फूल सेलाउँदा फूलको अपमान नहुने ठाउँमा राख्नुपर्छ । सकेसम्म यसलाई खुट्टाले टेक्नु हुदैन ।
२) भगवानलाई चढाएको फूल ओइलिएपछि त्यसलाई पहिले आफ्नो निधारमा टाँसेर आँगनको तुलसी वा मन्दिर परिसरको कुनै रुखको फेदमा सेलाउनुपर्छ ।
३) रुखमुनि ओइलाएको फूल राख्दा यसले रुखलाई मलको रुपमा काम गर्दछ । जसबाट रुखले पोषक तत्व पाउँछ साथै अन्यत्र फोहोर पनि हुदैँन ।
४) भगवानलाई अर्पित गरिएका सबै वस्तु पवित्र हुने भएकाले फूल समेत पवित्र मानिन्छन् । तसर्थ भगवानलाई चढाइएको फूल जहाँ पायो त्यहा फ्याकेर अपमान गर्नु हुदैन ।
५) फूल मात्र होइन भगवानलाई चढाएको प्रसाद पनि लामो समयसम्म राख्नु हुदैन । यसलाइृ पूजा समापन भए लगत्तै भक्तहरू माझ बाड्नु पर्दछ । यदि बाकीँ रहेमा कुनै पशुलाई ख्वाउनु पर्दछ ।
सम्बन्धित खबर
वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु