सम्बन्ध जस्तो किन नहोस् टिकाइ राख्नलाई समय दिनुपर्छ । यसले सम्बन्धलाई सुमधुर बनाउँछ ।
सम्बन्धमा ती साना–साना कुराकोे ध्यान दिनुपर्छ जुन तपाईलाई सामान्य लाग्न सक्छ । जब दुईजना एक सम्बन्धमा हुन्छ तब समय मात्र होइन मन, इच्छा आकांक्षा, राम्रो नराम्रो सबै कुरा साझा गर्नु आवश्यक हुन्छ ।
यस्तो सम्बन्धमा आफ्नो विगतलाई मात्र हेरिँदैन भविष्यको पनि योजना एक(अर्काले मिलेर बनाउनुपर्छ । दिनहुँ सानो तिनो विवाद हुने नै गर्दछ । तर ती साना कुरा पछि ठुलो भएर सम्बन्धमा टुट्ने स्थितिमा पुग्छ । त्यसकारण यी कुराहरुलाई जीवनमा ध्यान दिनुपर्छ ।
१) कुराकानी निरन्तर हुनुपर्छ
कुनै पनि सम्बन्धको मेरुदण्ड नै कुराकानी हो । सम्बन्धलाई बनाउन र सुधार्नलाई कुराकानी महत्वपूर्ण हुन्छ । यसले एक(अर्काको धारणा थाहा हुन्छ । र एक(अर्काको मनमा स्थान बनाउन सजिलो हुन्छ ।
२) तुरुन्त प्रतिक्रिया नदिनुस्
यदि तपाई साथीसँग कुराकानी गर्दै हुनुहुन्छ भने साथीको कुरा सुनिरहनु तुरुन्त प्रतिक्रिया नदिनुहोस् । जसले गर्दा हार जीतको समस्या उत्पन्न भएर सम्बन्ध बिग्रिन सक्छ । त्यसकारण एक अर्काको कुरा धेरै समयसम्म सुनिरहनुपर्छ । यी कुराहरु सम्बन्धको लागि फाइदाजनक हुन्छ ।
३) समय दिनुहोस्
विवाह वा प्रेममा हुनुहुन्छ भने समय अनिवार्य दिनुपर्छ । यदि सम्बन्धमा समयको अभाव छ भने ठुलो समस्या आउन सक्छ । अधिकांश मानिसको जीवनमा यो समस्या आउने गरेको छ । समय बिना तपाई कसरी आफ्नो साथीलाई खुसी राख्न सक्नुहुन्छ रु
समय महत्वपूर्ण हुन्छ सम्बन्धमा । दुबै जनाले आ–आफनो स्वार्थमा लाग्यो भने सम्बन्ध बिग्रिन धेरै समय लाग्दैन । जहिले पनि दुवैजनाको उन्नतिको बारेमा सोच्नुहोस् । त्यसको लागि समय आवश्य हुन्छ ।
४) एउटा नियम छ
एउटा नियम छ । एक जोडी थिए, उनीहरुको दिनभरी मनमुटाव र नराम्रो बिते पनि रातीको खानासँगै खाने नियम थियो । खाना खाँदा ती जोडी एक अर्कासँग बोल्न बाध्य हुन्थे । त्यसकारण दिनभरीको मनमुटाव साँझ खाना खाने बेला सकिन्थ्यो । त्यसकारण यो नियम सबैले बनाउनु पर्छ । यसले जोडीलाई राम्रो हुन्छ ।
सम्बन्धित खबर
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो
दसैँमा मासु कसरी खाने ?
स्याङ्जामा कुष्ठरोगका आठ नयाँ संक्रमित फेला
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’