काठमाडौं । राजेश हमालले तीन हप्तापछि आएर मुख खोलेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भन्दै आलोचित भइरहेकी कलाकार एवम् निर्देशक दीपाश्री निरौलालाई माफी दिन हमालले अनुरोध गरेका छन् । मंगलबार मध्यरातमा फेसबुक मार्फत लाइभ आएर हमालले आफ्नो कुरा राखेका थिए । एकपटक पनि दीपाश्रीको नाम नलिएका उनले अन्त्यमा सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला भनेर दर्शकलाई भनेका छन् ।
व्यक्तिगत तहबाट कुरा गर्दा, चलचित्र क्षेत्रमा उत्पन्न भएको यस्तो विवादले आफूलाई दु:खित तुल्याएको उनले बताए । आफू आबद्ध कला तथा सिने क्षेत्रमा भएको वादविवाद र त्यसपश्चात् आरोप–प्रत्यारोपमा उत्रनु लज्जाको विषय भएको पनि उनले बताए ।
हमालले भनेका छन्–‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।’
https://www.facebook.com/100006145989198/videos/2678942862320554/
दीपाश्रीाप्रति मानवता देखाइदिन अनुरोध गर्दै हमालले कसैको मानवतामा आँँच नपुग्ने गरि आफ्ना अभिव्यक्तिहरु प्रकट गर्न अनुरोध गरेका छन् । दीपालाई इंगित गर्दै सुरुमा नै उनले ‘मेरा सहकर्मी’ भनेर सम्बोधन गरेका उनले दर्शकहरुको सल्लाह, सुझाव र भनाईले कला क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । चलचित्र क्षेत्र र दर्शकहरुबीचको सम्बन्ध अद्भुत रहेको समेत हमालले टिप्पणी गरे ।
दीपाश्रीले भने आफूले दिएको विवादास्पद अभिव्यक्तिका लागि यसअघि नै माफी मागिसकेकी छन् ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान