नापोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति आफ्नो घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ३–१ गोलअन्तरले विजयी बन्दै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।
यसअघि, पहिलो लेग १–१ को बराबरी सकिएकोमा बार्सिलोनाले खेलको १० औँ मिनेटमा नै क्लेमेन्ट लेङलेटले बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि कप्तान लियोनेल मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको इन्जुरी समयमा लुईस सुवारेजले पेनाल्टीबाट बार्साको अग्रता फराकिलो बनाए पनि लोरेन्जो इन्सिग्नेले पेनाल्टीबाट एक गोल फर्काउँदै नाटकीय पहिलो हाफ अन्त्य भयो ।
दोस्रो हाफमा कुनै गोल हुन नसकेपछि बार्सिलोनाले समग्रमा ४–२ को जीत हासिल गर्न सफल रह्यो ।
अब बार्सिलोनाले अन्तिम आठमा जर्मन च्याम्पियन बायर्न म्युनिखको सामना गर्नेछ । बायर्नले शनिबार नै इंग्लिस क्लब चेल्सीलाई ४–१ ले हराउँदै समग्रमा ७–१ को जीत हासिल गर्दै क्वार्टरफाइनलमा स्थान बनायो ।
बायर्नको जीतमा रोबर्ट लेवान्डोस्कीले दुई तथा इभान पेरिसिच र कोरिन्टिन टोलिसोले एक–एक गोल गरे । चेल्सीका लागि ट्यामी इब्राहिमले सान्तवना गोल गरेका थिए ।
पहिलो लेगमा बायर्न ३–० ले विजयी बनेको थियो । चेल्सीले सन् २०१९–२० सिजनमा सबै प्रतियोगितामा ५५ खेलमा ७९ गोल खाएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु