सोमबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १६ गतेबाट गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री डा। युवराज खतिवडाले बताए ।
जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको प्रवक्ता खतिवडाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले भने भदौ मसान्तसम्म विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नदिने सिफारिस गरेको थियो ।
५ साउनमा सरकारले १ भदौबाटै परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको थियो । सरकारको यो निर्णयपछि कतिपय विश्वविद्यालयहरूले भदौ दोस्रो हप्ताबाट परीक्षा सञ्चालनको तयारी गरेका थिए ।
कोभिड–१९ संक्रमित र ज्यान गुमाउनेका संख्या बढ्दै गएपछि सरकारले आफ्नो पुर्व निर्णयमा पुनर्विचार गरेको हो ।
‘फेस टु फेस’ पढाइ अझै अनिश्चित
विद्यार्थी भर्नाबारे निर्णय गरे पनि ‘फेस टु फेस’ पढाइ भने अझै अनिश्चित बनेको छ । मन्त्रि परिषद बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र लगायतका शैक्षिक संस्थाहरू अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
गत चैत ५ गतेपछि शैक्षिक संस्थाहरूमा ‘फेस टु फेस’ पढाइ हुन सकेको छैन । कोभिड–१९ कै कारण यो वर्ष माध्यमिक शिक्षा परिक्षा (एसईई) हुन सकेन । विद्यालयको आन्तरिक मूल्यांकनको आधार राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा प्रकाशनको तयारी गरेको छ ।
यो वर्षदेखि कक्षा ११ को वार्षिक परीक्षा पनि सम्बन्धित विद्यालयले नै लिने भएको छ ।
सम्बन्धित खबर
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू
पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा २ दिन बिदा
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला