यदि तपाई शरिरको तौल घटाउन बजारमा पाइने औषधी प्रयोग गर्दै हुनुहुन्छ भने एक पटक सोच्नुहोस् त्यसको सेवनले कस्तो असर पार्छ । बजारमा पाइने केमिकल युक्त औषधीको प्रयोगले फाइदा भन्दा धेरै बेफाइदा गर्छ । त्यसकारण यस्तो अवस्थामा शरिरको बोसो घटाउन केमिकलयुक्त औषधी भन्दा प्राकृतिक उपायबाट उपचार गर्नु राम्रो हुन्छ ।
१)केरा
यदि तपाईलाई फास्ट फुड खाने बानी लागेको छ भने यी खानेकुरा खान छोडेर केरा खाने गर्नुहोस् केरामा भरपुर मात्रामा पाइने पोटासियमले तौल कम गर्न मद्दत गर्छ ।
२)दालचीनी
तौल कम गर्नको लागि दालचिनी निकै उपयुक्त हुन्छ । बिहानको नास्ताभन्दा पहिले र राती सुत्नुभन्दा अगाडी दालचिनीको प्रयोग गर्नुहोस् । त्यसको लागि एक कप पानीमा एक चम्चा लादचिनी पाउडर मिसाउने । यो एक प्रकारको पेय पदार्थ भएकाले दैनिक दुइ पटक पिउँदा केही दिनमा नै यसको असर देख्न सकिन्छ ।
३)लसुन
लसनु एक प्राकृतिक चिज हो । जसले एन्टी बायोटिक र सुगरलाई नियन्त्रण गर्नुको साथै शरिरमा बोसो जन्म दिँदैन् । त्यसकारण हरेक दिन खानामा लसुनलाई प्रयोग गर्नु उपयुक्त हुन्छ ।
४)पुदीना
पुदिनाको प्रयोगले पनि पेटको बोसो कम गर्न मद्दत गर्छ । त्यसको लागि एक कप मनतातो पानीमा पुदिनाको केही पात हालेर राख्ने । त्यसमा मह मिसाएर पिउने गर्ने । यसरी दैनिक पुदिना पान सेवन गर्ने गर्दा पेटको बोसो कम हुन्छ ।
५)ग्रीन टी
केही समयदेखि निकै लोकप्रियता पाएको ग्रिन टि स्वास्थ्यको लागि लाभदायक रहेको छ । जसमा क्याटेचिन्स नामको यौगिक तत्व हुने भएकाले शरिरमा भएको अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान