उपराष्ट्रपतिलाई लक्षित गरेर अफगानस्तानमा विस्फोटन : दुईको मृत्यु

उपराष्ट्रपतिलाई लक्षित गरेर अफगानस्तानमा विस्फोटन : दुईको मृत्यु

afganstan-bomb-blast

काबुल (एजेन्सी) – अफगानिस्तानको काबुलमा उपराष्ट्रपतिलाई लक्षित गरेर बम विस्फोट गराइएको छ । काबुलमा उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर बुधबार बिहान आत्मघाती बम विस्फोटन भएको हो ।

विस्फोटनपछि कम्तीमा दुई जनाको मृत्यु भएको बताइएको छ । अधिकारीका अनुसार विस्फोटमा परी १२ जना घाइते भएका छन् । स्रोतलाई पझोक सामाचार संस्थाका अनुसार उपराष्ट्रपति सालेहलाई भने भौतिक रुपमा केही भएको छैन ।

उपराष्ट्रपति सालेहका छोराले आफ्ना पिता थोरै छलिएकाले केही हुन नपाएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ । घटनाका विषयमा हालसम्म कसैले जिम्मेवारी नलिएको बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ