कोरोना भाइरसको संक्रमण भइहालेमा गर्भको बच्चालाई कुनै असर पो गर्छ कि रु एक किसमको तनाव हुन्छ । जबकी यस्तो अवस्थामा तनाव लिनै नहुने चिकित्सकहरुले सुझाव दिने गर्छन् ।
घरमा बसिरहँदा कसरी गर्भवतीले आफुलाई शारीरिक र मानसिक रुपमा कसरी तन्दुरुस्त राख्ने त ?
चिकित्सकको सम्पर्कमा रहने
सकेसम्म आफुले जाँच गराइरहेका चिकित्सकको मोवाइल नम्बर लिनु जरुरी छ । अस्पताल धाउने काम नपरेको अवस्थामा फोनबाटै परामर्श लिनुपर्छ । आफुले जाँच गराइरहेका चिकित्सकसँग नियमित सम्पर्कमा रहनुपर्छ । कुनैपनि किसिमको शारीरिक समस्या भए चिकित्सकलाई सम्पर्क गरेर सोध्न सकिन्छ ।
तनावमुक्त रहने
कुनै डर वा भय नराख्ने । कोरोना भाइरसका बारेका सामाग्रीहरु वा आतंकित हुने सामाग्रीहरु नहेर्ने । बरु ध्यान, प्राणायाम गर्ने । चलचित्र हेर्ने, पुस्तक पढ्ने । यसरी मनलाई आनन्दित र खुसी राख्ने ।
सन्तुलित भोजन र फिटनेस
गर्भावस्थाको क्रममा तपाईंले आफ्नो भोजन र फिटनेसमा धेरै ध्यान दिनु आवश्यक हुन्छ । तपाईंले जे खानु हुन्छ, त्यसले तपाईंको बच्चामा सीधा रुपमा प्रभावित गर्छ । त्यसैले तपाईंको खाना सन्तुलित र तरल पदार्थको मात्रा पनि सही हुनु आवश्यक छ । संक्रमणको खतराबाट बच्नका लागि र शारीरिक रुपले फिट रहनका लागि घर भित्रै हिंडडुल गर्नु पर्छ र आफ्नो गतिविधिको योजनाको बारेमा डाक्टरलाई जानकारी दिँदै गर्नु पर्छ ।
सरसफाईमा ध्यान
गर्भावस्था आफैमा एक संवेदनशिल अवस्था हो । यतिबेला सरसफाई, खानपान आदिमा विशेष ध्यान दिनुपर्छ ।
प्रसुती
कोरोना भाइरसको बढ्दो संंक्रमणका कारण कतिपय परिवारले घरमा नै प्रसुती गराउने सोच बनाइरहेका होलान् । तर, यो त्यती सुरक्षित नहुन सक्छ । यसका लागि स्त्री तथा प्रसूती रोग विशेषज्ञसँग परामर्श लिनैपर्छ । चिकित्सकको परामर्श बिना आफुखुसी घरमा नै प्रसुतीका लागि तयारी गर्नु त्यती उचित हुँदैन ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प