पोखरा – बुधबार बिहान पोखराका २८ सहित कास्कीका २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको बिहानको पहिलो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिकाका ९ वटा वडामा २८ र कास्कीको रुपा गाउँपालिकाका १ जना गरी कास्कीमा कूल २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा ८ का ४२ र ४१ वर्षीय पुरुष र ४० वर्षीया महिला, पोखरा ५ का २२ वर्षीय पुरुष, पोखरा ११ का १६, १०, २९, ५७ वर्षीय पुरुष सहित २४ वर्षीया महिला, पोखरा २७ का ३३, २३, ३४ र २८ वर्षीय पुरुष र पोखरा ४ का ४७, २४, २७, २९, २३, २५, २६ र २८ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै पोखरा १५ का ४० वर्षीय दुई जना पुरुष, पोखरा १० का १८ वर्षीया महिला र ९ वर्षीय बालक, पोखरा ९ का ४४ वर्षीय पुरुष, पोखरा १ का २५ वर्षीया महिला, पोखरा ६ का २१ वर्षीय पुरुष र रुपा गाउँपालिका १ का २७ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
आज पुष्टि भएका संक्रमित मध्ये पोखरा ४ का ८ जना पुरुष नेपाल प्रहरीमा कार्यरत, पोखरा १५ का ४० वर्षीय दुई जना पुरुष, पोखरा २७ का २८ वर्षीय पुरुष र पोखरा ६ का २१ वर्षीय पुरुष हालै मात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् । भने, पोखरा १ का २५ वर्षीया महिला पृथ्बीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी रहेको बुझिएको छ ।
यस्तै कास्कीको रुपा गाउँपालिकाका २७ वर्षीय पुरुष हालै इलामबाट आएर क्वारेन्टाइनमा बसेका पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर