आइपीएल आज सुरू हुँदै, उद्घाटन खेलमा चेन्नई र मुम्बई भिड्दै

आइपीएल आज सुरू हुँदै, उद्घाटन खेलमा चेन्नई र मुम्बई भिड्दै

IPL

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको १३औं संस्करण आज (शनिबार) यूएईमा सुरु हुँदैछ ।

कोरोना भाइरसको महामारीका कारण यूएईमा गरिएको प्रतियोगितामा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्स भिड्दै छन् ।

मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । शेख जायद स्टेडियममा दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईबीचको पछिल्लो पाँच खेलमा मुम्बई अपराजित रहेको छ । गत सिजनको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ