गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
नेपालले विश्वकै सबैभन्दा अग्लो भवन दुबईको बुर्ज खालिफामा आज साँझ नेपाली झण्डा फहराउने भएको छ ।
आबुधाबीस्थित नेपाली दूतावासका अनुसार नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार साँझ यूएईको दुबईमा रहेको विश्वकै अग्लो भवनमा नेपाली झण्डा फहराउन लागिएको हो।
बुर्ज खलिफामा नेपाली झण्डा फहराउन लागिएको यो दोस्रो पटक हो । यसअघि अघिल्लो वर्ष पनि संविधान दिवसको अवसरमा नेपालले बुर्ज खालिफामा आफ्नो राष्ट्रिय झण्डा फहराएको थियो ।
यूएईको स्थानीय समयअनुसार साँझ ८ बजे ( नेपाली समय ९ बजेर ४५ मिनेटमा) झण्डा फहराउन लागिएको दूतावासले जनाएको छ । त्यस्तै सोही समयमै आबुधाबीस्थित नेशनल आयल कम्पनीको भवनमा समेत नेपाली झण्डा झलमलाउन लागिएको दूतावासले जनाएको छ ।
सम्बन्धित खबर
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
विदेश पठाउने भन्दै ४० लाख बढी ठगी, २ पक्राउ
पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ
पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ
बिरौटामा जुवातास खेलिरहेका ४ जना नगदसहित पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग