गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपरकिंग्सले विजयी सुरुवात गरेको छ।चेन्नईले शनिबार राति सकिएको पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्यो।
मुम्बईले दिएको १६३ रनको लक्ष्य चेन्नईले ४ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पार गर्यो।
चेन्नईका लागि आम्बाती रायुदुले ४८ बलमा ७१ रन जोडे। यस्तै फाप डु प्लेसिसले नटआउट ५८ रनको योगदान दिए। बलिङमा मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स पाटिनसन, जसप्रित बुमराह, राहुल चाहर र क्रुनाल पाण्ड्याले १-१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेटको क्षतिमा १६२ रन जोड्यो। मुम्बईका लागि सौरभ तिवारीले सबैभन्दा बढी ४२ रन जोडे। क्वान्टन डे कक ३३ रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।
बलिङमा चेन्नईका लुङ्गी एनगिडीले ३ विकेट लिए। यस्तै दीपक चाहर र रवीन्द्र जडेजाले २-२ विकेट हात पारे। आइपिएलमा आइतबार राति दिल्ली क्यापिटल्स र किंग्स ११ पञ्जावबीच खेल हुँदैछ।
सम्बन्धित खबर
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग