ईन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेल रोमाञ्चक रह्यो । आइतबार दुबईमा खेलिएको दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीचको खेल निर्धारित २० ओभरमा बराबरीमा सकिएपछि सुपर ओभरमा दिल्ली विजयी बन्यो ।
कगिसो रबाडा दिल्लीको जीतमा नायक रहे । उनले सुपर ओभरमा मात्र २ रन दिएर २ विकेट लिए । आईपीएलमा सुपर ओभरमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा न्यून स्कोर हो । दिल्लीले २ बलमा नै ३ रनको लक्ष्य पछ्याउँदै जीत हासिल गर्यो ।
यसअघि सुपर ओभरमा सबैभन्दा कम ६ रन दिने कीर्तिमान मिचेल जोनसन र जसप्रीत बुमराहको नाममा थियो । जोनसनले सन् २०१५ मा राजस्थान रोयल्स र बुमराहले सन् २०१७ मा गुजरात लायन्सविरुद्ध यो कीर्तिमान बनाएका थिए । यो आईपीएलको १० औँ सुपर ओभर थियो । यता, दिल्लीले दोस्रो पटक सुपर ओभरमा जीत हासिल गरेको हो ।
१५८ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबको शुरुवात निकै खराब रह्यो । ५५ रनमा नै आधा टोली पभेलियन फर्किएको थियो । ८९ रन बनाउँदै ओपनर मयंक अग्रवालले पञ्जाबको इनिङलाई सम्हाले पनि टोलीलाई जीत दिलाउन सकेनन् । अन्तिम बललमा १ रन चाहिएको अवस्थानमा क्रिस जोर्डन आउट हुन पोगे । पछिल्लो पटक पञ्जाबका कप्तान रहेका रवीचन्द्र अश्विनले एक ओभर बलिङ गदै घाइते भएर मैदान छाड्न बाध्य भए । उनले २ विकेट लिए ।
यअसघि, टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीको शुरुवात पनि निकै खराब रह्यो । १३ रनमा टोलीले ३ विकेट गुमाएको थियो । त्यसपछि ३१ रन बनाएका ऋषभ पन्त र ३९ रन बनाएका कप्तान श्रेयर अय्यरले टोलीलाई सम्हाले । अन्त्यमा प्लेयर अफ द म्याच मार्कस स्टोइनिसले २१ बलमा ५३ रन बनाएपछि दिल्लीले ८ विकेटको क्षतिमा १५७ रन बनाएको थियो ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’