ईन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेल रोमाञ्चक रह्यो । आइतबार दुबईमा खेलिएको दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीचको खेल निर्धारित २० ओभरमा बराबरीमा सकिएपछि सुपर ओभरमा दिल्ली विजयी बन्यो ।
कगिसो रबाडा दिल्लीको जीतमा नायक रहे । उनले सुपर ओभरमा मात्र २ रन दिएर २ विकेट लिए । आईपीएलमा सुपर ओभरमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा न्यून स्कोर हो । दिल्लीले २ बलमा नै ३ रनको लक्ष्य पछ्याउँदै जीत हासिल गर्यो ।
यसअघि सुपर ओभरमा सबैभन्दा कम ६ रन दिने कीर्तिमान मिचेल जोनसन र जसप्रीत बुमराहको नाममा थियो । जोनसनले सन् २०१५ मा राजस्थान रोयल्स र बुमराहले सन् २०१७ मा गुजरात लायन्सविरुद्ध यो कीर्तिमान बनाएका थिए । यो आईपीएलको १० औँ सुपर ओभर थियो । यता, दिल्लीले दोस्रो पटक सुपर ओभरमा जीत हासिल गरेको हो ।
१५८ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबको शुरुवात निकै खराब रह्यो । ५५ रनमा नै आधा टोली पभेलियन फर्किएको थियो । ८९ रन बनाउँदै ओपनर मयंक अग्रवालले पञ्जाबको इनिङलाई सम्हाले पनि टोलीलाई जीत दिलाउन सकेनन् । अन्तिम बललमा १ रन चाहिएको अवस्थानमा क्रिस जोर्डन आउट हुन पोगे । पछिल्लो पटक पञ्जाबका कप्तान रहेका रवीचन्द्र अश्विनले एक ओभर बलिङ गदै घाइते भएर मैदान छाड्न बाध्य भए । उनले २ विकेट लिए ।
यअसघि, टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीको शुरुवात पनि निकै खराब रह्यो । १३ रनमा टोलीले ३ विकेट गुमाएको थियो । त्यसपछि ३१ रन बनाएका ऋषभ पन्त र ३९ रन बनाएका कप्तान श्रेयर अय्यरले टोलीलाई सम्हाले । अन्त्यमा प्लेयर अफ द म्याच मार्कस स्टोइनिसले २१ बलमा ५३ रन बनाएपछि दिल्लीले ८ विकेटको क्षतिमा १५७ रन बनाएको थियो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु