विश्वभर ३ करोड १७ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७२ हजार ७१७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १७ लाख ७१ हजार ४११ पुगेको छ ।
यस्तै एकै दिन थप ५ हजार ६०५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार ३१० पुगेको छ । एकै दिन २ लाख ७७ हजार ६०६ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका बुधबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ३६ लाख ८६ हजार ७१४ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७३ प्रतिशत बढी हो ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १७ हजार ४४० जनाको मृत्यु भएको छ । ४५ लाख ३६ हजार १०० जना संक्रमित भएकोमा २४ लाख १३ हजार १८३ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १ हजार १८६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८४ लाख ६५ हजार ४२५ पुगेको छ । त्यसमध्ये ५३ लाख १९ हजार १६८ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा १ लाख ८० हजार ५५९ जनाको मृत्यु भएको छ । ९६ लाख ८३ हजार ७७ जना संक्रमित भएकोमा ८० लाख ५ हजार ५४६ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ४० हजार ८४२ जनाको मृत्यु भएको छ । ७६ लाख २७ हजार ७२३ जना संक्रमित भएकोमा ६४ लाख ४६ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा ३४ हजार ३७८ जनाको ज्यान गएको छ भने १४ लाख २७ हजार ६२० संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ७३ हजार ८०९ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८९० जनाको मृत्यु भएको छ । ३० हजार ७४५ जना संक्रमित भएकोमा २७ हजार ४११ जना संक्रमणमुक्त भएका छन् ।
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग