युरोपियन च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक गरिएको छ। बिहीबार भएको ड्र अनुसार युरोपका ३२ क्लबलाई एक समूहमा ४-४ क्लब गरी ८ समूहमा विभाजन गरिएको छ। ड्रअनुसार क्रिस्टियानो रोनाल्डो र लिओनल मेसी एकअर्काविरुद्ध समूह चरणमा खेल्ने भएका छन्।
मेसी आबद्ध स्पेनिस क्लब बार्सिलोना र रोनाल्डो आबद्ध इटालियन क्लब युभेन्ट्स समूह जीमा सँगै परेका हुन्।

यस्तो छ समूह विभाजन
समूह ए -वायर्न म्युनिख, एट्लेटिको म्याड्रिड, साल्जवर्ग, लोकोमोटिभ मस्को
समूह बी – रियल म्याड्रिड, शख्तर डोनेट्स्क, इन्टर मिलान, बोरुसिया मुन्छेनग्लाडबाख
समूह सी – एसी पोर्टो, म्यानचेस्टर सिटी, ओलम्पियाकोस, मार्सेलीसमूह डी – लिभरपुल, अयाक्स, एटलान्टा, मिटिजल्यान्ड
समूह ई – सेभिया, चेल्सी, क्रास्नोडर, रेनेस
समूह एफ – जेनिथ सेन्ट पिटर्सवर्ग, बोरुसिया डर्टमुन्ड, लाजियो, क्लब बर्ग
समूह जी – युभेन्ट्स, बार्सिलोना, डाइनामो किभ, फेरेनक्भारोस
समूह एच – पिएसजी, म्यानचेस्टर युनाइटेड, लाइपजिग, स्तानबुल
समूह चरणका खेल आगामी अक्टोबर २० देखि हुनेछन्। पहिलो चरणमा अक्टोबर २०-२१ मा खेल हुनेछन्। यसैगरी अक्टोबर २८-२८, नोभेम्बर ३-४, नोभेम्बर २४-२५, डिसेम्बर १-२ र डिसेम्बर ८-९ समूह चरणमा खेल हुनेछन्।
समूह चरणमा हुने दुई लेगको खेलपछि प्रत्येक समूहबाट शीर्ष २ टिम गरी १६ टिम नकआउट चरणमा पुग्नेछन्।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला