आइपिएल क्रिकेटको अर्को रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले कोलकता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको छ।
जितसँगै चार खेलबाट ६ अंक जोडेको दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। शारजाहमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा २२८ रन जोड्यो। दिल्लीका लागि कप्तान श्रेयर इयरले ८८ रनको जोडे। उनले ३८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे।
पृथ्वी शाले ६६ रन जोड्दा शिखर धवनले २६ रन बटुले। रिशव पन्तले १७ बलमा ३८ रन जोड्का थिए। बलिङमा कोलकताका आन्द्रे रसेलले २ विकेट लिए। बरुण चक्रवर्ती र कमलेश नगरकोटीले १-१ विकेट लिन सफल भए।
२२९ रनको विशाल लक्ष्य पछ्याएको कोलकताले २० ओभरमा ८ विकेटको क्षतिमा २१० रन जोड्यो। अर्को रोमाञ्चक खेलमा कोलकताले २ रन कटाए पनि जितका लाग पर्याप्त हुन नसकेको हो। कोलकताका लागि नितिन रानाले ३५ बलमा समान ४(४ चौका र छक्का हिर्काउँदै ५८ रन जोडे। इयान मोर्गानले १८ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४४ रन बटुले।
यस्तै राहुल त्रिपाठीले १६ बलमा ३ चौका र ३ छक्का हिर्काउदा ३६ रनको योगदान दिए। तीन ब्याट्सम्यानले आक्रमक ब्याटिङ गरे पनि लक्ष्य ठूलो हुँदा कोलकताले जित निकाल्न सकेन।
बलिङमा दिल्लीका एनरिच नोर्ट्जेले ३ विकेट लिए। हर्षल पटेलको नाममा २ विकेट रह्यो। कागिसो रबाडा, मार्कोस स्टोइनिस र अमित मिश्राले १-१ विकेट लिए। आइपिएलमा आइतबार दिउँसो मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावाद तथा राति किंग्स ११ पञ्जाव र चेन्नंई सुपरकिंग्सबीच खेल हुनेछ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’