आइपीएल: पञ्जाबमाथि चेन्नईको शानदार जित

आइपीएल: पञ्जाबमाथि चेन्नईको शानदार जित

csk

साविकको उपविजेता चेन्नई सुपर किङ्सले आइपीएलमा उत्कृष्ट पुनरागमन गरेको छ । आइतबार राति दुबई क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो ।

चेन्नईको जितमा फाप डु प्लेसिस र शेन वाट्सनले सानदार ब्याटिङ गरे । पहिलो विकेटका लागि प्लेसिस र वाट्सनले अविजित रहँदै १८१ रनको साझेदारी गरे । प्लेसिस ५३ बलमा ११ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहे । वाट्सनले ५३ बलमा ११ चौका र ३ छक्कासहित अविजित ८३ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । पन्जाबको लागि कप्तान केएल राहुलले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । निकोलस पुरन ३३ रन जोड्दा आउट भए ।

यस्तै मन्दिप सिंहले २७ तथा मायांक अग्रवालले २६ रन बनाए । सर्फराज खान १४ रनमा अविजित रहदा गले म्याक्सवेल ११ रनमा अविजित रहे । चेन्नईका सार्दुल ठाकुरले २ विकेट लिए । रविन्द्र जडेजा र पियुस चावालाले एक एक विकेट लिए ।

जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ । चेन्नई तालिकाको छैठौँ स्थानमा समेत उक्लिएको छ । ५ खेलमा एक मात्र जित हात पारेको पन्जाव भने २ अंकसहित तालिकाको पुछारमा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ