गुण्डागर्दीमा संलग्न भएको आरोप लाग्दै आएका राधे भण्डारी धादिङमा पक्राउ परेका छन् । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक–धम्की दिएको अभियोगमा उनलाई पक्राउ गरिएको धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।
सिद्धलेक गाउँपालिकामा क्रसर उद्योग सञ्चालन गर्दै आएका उनले बालुवा निकाल्ने ठेक्काको म्याद समाप्त भएपछि पनि अवैध तरिकाले बालुवा निकालेपछि स्थानीय निकायले विरोध गर्दै आएको थियो ।
सोही क्रममा उनले जनप्रतिनिधिलाई धम्की दिंदै आएको बुझिएको छ । राधे पक्राउ परेसंगै उनको क्रसर उद्योग पनि बन्द गराएको छ । अर्काको नाममा ठेक्का पारेर उनले सिद्धलेकमा बालुवा र गिट्टी निकाल्दै आएको पनि खुलासा भएको छ ।
नेपाली काँग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत रहेका भण्डारीले धादिङमा हुने ठेक्का पट्टा र अवैध बालुवा खानीको कमिशनमा एकछत्र राज गर्दै दिनेश अधिकारी चरी समूहका आयुप तामाङको हात काटेका थिए ।
गुण्डा नाइके चरी भीमढुंगामा प्रहरीको इन्काउन्टरमा मारिएपछि धादिङको गुण्डागर्दीमा राधे समूहले पकड राख्दै आएको बुझिएको छ ।
सम्बन्धित खबर
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
विदेश पठाउने भन्दै ४० लाख बढी ठगी, २ पक्राउ
पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ
पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ
बिरौटामा जुवातास खेलिरहेका ४ जना नगदसहित पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग